३२९ जना यात्रु बोकेको टर्कीस एयरको विमान आकाशमै दुर्घटना

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५

वासिङ्टन डिसी/ टर्कीबाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थल आउँदै गरेको टर्कीस एयरको जहाज आकाशमै दुर्घटनामा परेको छ । दुर्घटनामा परी २९ यात्रु घाइते भएका छन् ।

उक्त विमान विमानस्थलमा अवतरण हुनासाथ दर्जन बढी एम्बुलेन्स र उद्धारकर्ताहरुले घाइतेहरुलाई अस्पताल लगेको त्याहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले घाईतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

टर्कीस एयरलाइन्सको बोइंग ७७७ को विमानमा २१ कर्मचारीहरु सहित ३२९ जना सवार थिए । आकाशमा उडिरहेको जहाज एक्कासी (टर्बुलेन्स) हावामा तल खस्दा यात्रुहरु घाइते भएका हुन् ।

फायर डिपार्टमेन्ट अफ न्युयोर्कले भने ३२ जना यात्रुहरु घाइते भएको जनाएको छ । घाईतेहरुमा नेपालीहरु परेको हुनसक्ने आशंका गरिएपनि यसबारे कुनै जानकारी प्राप्त हुनसकेको छैन ।