साहित्यकार, समालोचक तथा शौन्दर्यशास्त्री घनश्याम ढकालको स्मृति ग्रन्थ सार्वजानिक

जय कार्की प्रकाशित मिति : आइतवार, फाल्गुन २६, २०७५

बायाँबाट साहित्यकार आहुति, शौन्दर्यशास्त्री मोहन बैद्य किरण, घनश्याम ढकालको जीवन संगिनी पारु ढकाल र बरिष्ठ समालोचक निनु चापागाई

प्रगतिवादी साहित्यकार, समालोचक तथा शौन्दर्यशास्त्री घनश्याम ढकालको सातौं स्मृति दिवस एवं ‘घनश्याम ढकाल स्मृति ग्रन्थ’ विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
हिजो फागुन २५ गतेका नेपाल प्रज्ञा प्रतिष्ठानको 
पारिजात प्रवचन कक्षमा मोहन वैद्य किरण, निनु चापागाईं, घनश्याम ढकालको जीवन संगिनी पारु ढकाल र आहुतिले स्व. ढकालको स्मृति ग्रन्थको संयुक्तरुपमा विमोचन गर्नुभयो ।

यो ग्रन्थको प्रकाशन घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले सातौं स्मति दिवसको अवसरमा सार्वजनिक गरेको हो ।
६७२ पेजको यो मोटो ग्रन्थमा ९५ जना श्रष्टाहरुको रचना समाविष्ट गरेको प्रतिष्ठानका अध्यक्ष तथा सो पुस्तकका प्रमुख सम्पादक निनु चापागाईले बताउनु भएको छ ।
सीता शर्माको स्वागत मन्तब्य लगतै श्रद्धान्जलि सहित शुरु गरिएको कार्यक्रममा स्मृति ग्रन्थका बारेमा प्रकाश पार्दै निनु चापागाईले घनश्याम ढकालको जन्म २०१० सालमा स्याँजा जिल्लामा माघ १४ गतेका दिन भएको र पर्वत, स्याँजा र पोखराबा
ट बिए. बि.एल. गर्नु भएको र अध्यापन पेसामा संलग्न रहनु भएको बताउँदै माध्यमिक तह र पृथ्विनारायण क्याम्पसमा प्राध्यापन गराएको स्मरण गराउँनु भयो ।

ढकालको राजनीति, लेखन कार्य २०३०बाट शुरु भएको र अनेरास्सववियमा लाग्नु भएको त्यसताका आफनो जिल्लामा स्वतन्त्र नेकपा समेत गठन गर्नु भएको थियो । नेकपा मालेमा संगठित भई त्यो धाराबाट अलगभई चौथो महाधिवेशनमा प्रवेश गर्दै मोटो मशाल, एकता केन्द्र, माओवादी र एकीकृत माओवादीमा हुनुहुन्थ्यो । दिवंगत हुनु अघिसम्म प्रलेसको अध्यक्ष हुँनुहुन्थ्यो । उहाँको १६ वटा कृति प्रकाशित रहेका छन ।

उहाँको संझनामा प्रकाशित स्मृति ग्रन्थमा ९५ वटा रचनाहरु रहेका छन भने ६७२ पेजको पुस्तक रहेको छ ।  स्मृति ग्रन्थको सम्पादक मण्डलमा प्रधान सम्पादक : निनु चापागाईं कार्यकारी सम्पादक : वन्दना ढकाल सम्पादकहरू : डा. अमर गिरी डा. कृष्णराज अधिकारी मातृका पोखरेल विनोदविक्रम केसी विष्णु भण्डारी हुनुहुन्छ । अध्यक्ष चापागाईका अनुसार यो स्मृति ग्रन्थलाई समालोचना र समीक्षा ग्रन्थ भनेपनि हुनेखाल्को छ भन्नु भएको छ । तथापि यो स्मृति ग्रन्थ नै हो भन्ने जोड पनि उहाँको रहेको छ ।

२०६९सालमा घनश्याम स्मृति प्रतिष्ठानको स्थापना भएको थियो । तर उहाँको समृति गन्थ ६ बर्षपछि प्रकाशन गर्न सफल भएको दावी छ सो प्रतिष्ठानका अध्यक्ष निनु चापागाईको ।
यो ग्रन्थलाई चार खण्डमा विभाजन गरिएको छ । ३८ वटा समालोचना र समीक्षा समावेश गरिएको छ भने कृतिमा नेकपाका अध्यक्ष प्रचण्ड, मोहन बैद्य किरण, बाबुराम भट्टराई, इश्वरचन्द्र ज्ञवाली, हिरामणि दुखी, खेम थपलिया, सुधा त्रिपाठी, ताराकान्त पाण्डे, सरुभक्त कटुवाल, मित्रलाल पज्ञानी, डा.अमर गिरी, हरिहर खनाल, सरिता तिवारी, पुरुषोतम रिजाल, डा. जगत प्रेक्षित, डा. बिन्दु शर्मा, जगदिशचन्द्र भण्डारी, डा. हेमनाथ, भोगीराज चाम्लिङ, शार्दुल भट्टराई, कथाकार इस्माली, सीता शर्मा, नारायण मरासिनी, बन्दना ढकाल लगायतको रचनाहरु समावेश गरिएको बताउनु भएको अध्यक्ष चापागाईले ।
कार्यक्रमको संचालन कवि संगीत श्रोताले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता नेकपाका महासचिव तथा बरिष्ठ शौन्दर्यशास्त्री मोहनबैद्य किरणले गर्नुभएको थियो भने सभापति निनु चापागाई, विशेष अतिथि आहुति र घनश्याम ढकालको जीवन संगिनी पारु ढकाल हुनुुहन्थ्यो ।

बहुआयामिक व्यक्तित्वका धनि प्रगतिवादी साहित्यकार घनश्याम ढकालको निधन २०६८ साल फागुन १ गतेका दिन अकस्मात भएको थियो । ढकालको स्मृति दिवस कहिले पोखरामा त कहिले काठमाण्डौमा आलोपालो हुनेगरेको छ ।

-साहित्य प्रवाहमा पनि हेर्नु होला