धातु श्रमिक संघको बैठक सम्पन्न ४५ दिनको कार्ययोजना अनुमोदन

प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५

निकै लामो समय पश्चात अखिल नेपाल धातु मजदुर संघ केन्द्रीय समितिको बैठक सो संगठनका अध्यक्ष मातृका कोईरालाको अध्यक्षतामा ललितपुरमा बस्यो ।
बैठकले ४५ दिने कार्ययोजनालाई अनुमोदन गर्दै भोलीबाटै क्रियाशील रहने बताएका छन । बैठकले पहिलो चरणमा सदस्यता वितरण, नवीकरण, सामाजिक सुरक्षा ऐनको कार्यान्वयनका लागि पंजिकरणका लागि आवश्यक कदम चाल्ने र सामाजिक सुरक्षा र श्रम ऐ््नबारे बृहत गोेष्ठिको आयोजना गर्ने भएको छ भने सबै प्रदेश र जिल्ला कमिटीहरुको पनि तत्कालै बैठक राख्ने निर्णय गरेको छ । यही बैठकले धातुकर्मीहरुको जम्मै संगठनहरुलाई गाभेर शक्तिशाली धातुकर्मी संगठन निर्माण गर्न महासंघसित माग गर्ने निर्णय पनि गरेको छ ।

बैठकलाई प्रदेश ३ का इन्चार्ज तथा महासंघका उपाध्यक्ष जय कार्की, प्रकाशन विभाग प्रमुख तथा उपाध्यक्ष एस.बी. थापा, परिषद इन्चार्ज तथा महासंघका उपमहासचिव सालिकराम काफ्ले र प्रदेश ३ का अध्यक्ष पिताम्बर गिरीले छोटो प्रशिक्षण दिनु भएको थियो ।
बैठकमा अ.ने. सेक्युरिटी मजदुर संघका अध्यक्ष लक्ष्मीप्रसाद ढकाल, अनेट्रेकिङ मजदुर संघका महासचिव उपेन्द्र उप्रेतिको पनि उपस्थिति रहेको थियो । धातु मजदुर संघका अध्यक्ष मातृका कोइरालाले तुरुन्तै योजना कार्यान्वयनमा जुट््ने बताएका छन्।