भक्तपुर अन्टुफको बैठक सम्पन्न

प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५

यही २०७५ साल फागुन २५ गतेका दिन  अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ भक्तपुर जिल्लाको बैठक अध्यक्ष सानूकान्छा आले मगरको अध्यक्षता र पिताम्बर गिरिको प्रमुख अतिथि, जिल्ला इन्चार्ज निरज गोलेको विशेष उपस्थिति र 3 नम्बर प्रदेश उपाध्यक्ष रामचन्द्र कार्की, होम खड्का, सेक्युरिटी प्रदेश अध्यक्ष खगेन्द्र धिमाल बसि ४५ दिने अभियान घनिभुत तरिकाबाट चलाउने, सबै पेशाको बैठक राख्ने, सामाजिक सुरक्षामा सुचिकरण गराउने, श्रम ऐन लागू गराउने बिषयमा निर्णय गर्दै समापन भएको उपाध्यक्ष होम खड््काले बताएका छन ।   बैठकमा ४५ दिने योजनालाई कडाईका साथ लागू गर्न अनुगमन समेत गरिने प्रदेश ३ का अध्यक्ष पिताम्बर गिरीले बताएका छन भने महासंघको बैठकले कार्य योजना दिएकोले काम गर्न सहज भएको अध्यक्ष सानुकान्छा मगरले बताएका छन ।