अन्टुफ रुपन्देही बैठकद्धारा संगठन विस्तारको घोषणा

प्रकाशित मिति : शनिबार, फाल्गुन २५, २०७५

अखिल नेपाल ट्रेड युनियन महासंघ रुपन्देही जिल्लाको बैठक यही फागुन २४ गतेका दिन भैरहवामा जिल्ला अध्यक्ष नारायण हमालको अध्यक्षतामा, प्रदेश अध्यक्ष दानबहादुर ओलिको प्रमुख अतिथिमा, उपाध्यक्ष प्रेम घिसिङ, प्रदेश सचिव भरत भट्टराईको आतिथ्यमा बैठक सम्पन्न भयो । बैठकले जिल्लामा भएका स्थानीय तहमा बैठक, पेशागत संघसंगठनका बैठक भेला गर्ने, सामाजिक सुरक्षा एैनलाई तत्काल लागुगर्न दबाब दिने निर्णय गर्दै बैठक सम्पन्न भयो ।
बैठकले से लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानले सेक्युरिटी मजदुरहरुको तबल नबढाउँने भनि निकालेको बक्तव्यप्रति विरोध गर्दै कानुन विपरित जारी गरेको बक्तव्य तत्काल फिर्ता लिई सेक्युरिटी मजदुरको बेतन ऐनले तोके बमोजिम बृद्धि गर्न माग गरेको छ ।