हाम्रो परिवेश र नारी दिवस

भक्तिशीलाको कविता

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४, २०७५

भक्तिशीलाको कविता

बर्षमा एक पल्ट नारी दिवस
मनाएर, बर्ष भरि नै नारीको
बलत्कार, हत्या, हिंसा अत्यचार
भएको यहाँ कसले देखेको छ रु
यति मात्र नभएर उसको
कोखमा नै हत्या भईरहेको छ
हत्याराहरुको यहाँ बजार छ,
यस्तै बिशालु काँडाहरु बिच पनि
यहाँ लाखौ नारीको जन्म हुन्छ
नारी चियाको बुट्टा देखि सडक
मरमत घर संसार चलाई रहेछ
हिमालको टाकुरामा पुगेको छ
देश रक्षाको लागि सिमानामा
बन्दुक बोकी सामना गरेकै छ ,
अरु त के भनौ सबैलाई बिदितै छ। देश चलाई रहेकै छ ,
शासन पनि चलाई रहेकै छ ।
भ्रुण हत्याको बजारमा पनि
त्यो बेला यस्ता कर्मठ नारीको
जन्म भएको थियो, झाँसी की
रानी ,इन्दिरा गान्धी, कमला नेहरु सरोजनी नाईडु
मदर टेरेजा,लक्षिमी बाई यस्ता
अनेक नारी छन् लेखेर सक्किन
आज पुरुष बराबरमा छ नारी
केही कमी छैनन् गर्व गर्नुपर्छ
नारी अब अबला छैन हर क्षेत्रमा
अघि छ नारी शैक्षिक श्रेत्रमा ,
साहित्यमा, राजनीतिमा,समाज
सेवामा, हरक्षेत्रमा नारी अघि छ
नारी मायाको खानी सुन्दरता
आमा, स्वास्नी, दिदी, बहिनी
अनेक रुप, हामी नारी अझै
अघि बड्नु छ, तेज गतिमा
संघर्ष गर्नु पर्छ, कमि हुनुहुँदैन
जति तिरस्कार हत्या गरे
पनि नारी कुनै न कुनै कोखबाट
जन्मिनेछ, नयाँ युग र नयाँ
ईतिहास बोकेर आउँनेछ ,
मानिसको कुबिचारलाई
हत्या गर्न अझै नारी जन्मनु
परेको छ ।
नारीप्रति
यहीँबाट आह्वान गर्छु ।
जय सम्पुर्ण भारतको नारी।