श्रमिक महिला दिवस देशव्यापीरुपमा भव्यतापुर्बक सम्पन्न

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २४, २०७५

१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अन्टुफ कमिटीले ३ वटा जिल्ला काठमाण्डौ। ललितपुर र भक्तपुर जिल्लाको भव्यरुपमा संयुक्त भेला गरी केन्द्रीय कार्यालय पेरिसडाँडामा मनाएको छ । सो भेलालाई नेकपाकी नेतृ तथा अन्टुफ इन्चार्ज माननीय जयपुरी घर्तिले सम्बोधन गर्दै महिला मुक्तिको प्रश्न राज्यसत्तासित गाँसिएकोले हाम्रो लडाईं राज्यसत्ता प्राप्तिसित गाँसिएको छ त्यसैले निरास नभै डटेर अघि बढ््नै पर्छ । लडेरै हामीले धेरै अधिकार प्राप्त गरिसकेका छौं कार्यान्वयनका लागि पनि अझै लड््नुपर्छ भन्नुभयो । अर्का बक्ता अन्टुफ अध्यक्ष गणेश रेग्मीले सामाजिक सुरक्षा ऐनलाई लागू गर्न सम्पूर्ण शक्ति लगाउनु आवश्यक रहेकोले महिला साथीहरुले निरन्तर खबरदारी गरिरहनुपर्छ भन्नु भयो । उपाध्यक्ष उषा देबकोटाले सरकारको विपक्षमा उभिएको हुन्छ टेड युनियन किनकी अधिकारको माग सरकारसित गर्नुपर्ने हुन्छ उसको हातमा डाडुपन्यौ रहेको हुन्छ थप अधिकारका लागि सरकारसित माग गर्नैपर्छ भन्नु भयो ।
महासचिव जगत सिम्खडाले जनआन्दोलन र जनयुद्धमा महिलाहरुले पुरुष बराबरीको भूमिका खेलेकोले नै आज नेपालमा महिला पुरुषको अधिकार बराबरी हुनपुगेको हो महिला कमिटीले संगठन विस्तारमा विशेष जोड दिनु भनेको सिंगो महासंघलाई मजबुत पार्नु हो भन्नु भयो । कार्यक्रमको अध्यक्षता अन्टुफ महिला कमिटीको अध्यक्ष बिष्णु थापाले गर्नु भएको थियो भने संचालन निशा खरेलले गर्नुभएको थियो । जिल्ला समितिको नामावलि संगिता बानियाले घोषणा गरेकी थिईन भने स्वागत मन्तव्य अन्टुफ उपमहासचिव तथा साँसद शुशिला पुनले राख्नुभएको थियो ।
अन्टुफ केन्द्रीय कमिटीका पदाधिकारीहरु, पेसागत संगठनका अध्यक्षहरु लगायत सबै जसोको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्तमा जलपान समारोहको आयोजना गरिएको थियो भने अखिल नेपाल घरेलु श्रमिक संघकी सदस्य देबीकुमारी भट्टराईको क्यान्सर रोगका कारण असामयिक निधन भएकोमा दुःख ब्यक्त गर्दै उनको मुमा सुनिता घिमिरेलाई अन्टुफ कमिटी प्रमुख विष्णु थापाले आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।
यसैगरी प्रदेश १ को महलिा कमिटीले बृद्धाआश्रममा गई फलफुलतथा मिठाई वितरण गरेर मनाएका छन भने प्रदेश ७ सातले भव्यरुपमा जुलुश सहित आमसभा गरेको प्रदेश इन्चार्ज नरहरीनाथ योगीले बताएका छन्् । चितवन जिल्लामा पनि मार्च आठको उत्सव भव्यरुपमा मनाएको साबित्री आचार्यपौडेलले बताएकी छन ।
मार्च आठको सन्दर्भमा महिला साँसदहरु तथा महिला नेतृहरुलाई जेटियुसिसिले सम्मान गरेको छ भने जिफन्ट र टे«ड युनियन कंग्रेसका महिला कमिटीहरुले पनि भव्यतापुर्वक मनाएको खबर छ ।

प्रदेश ७

प्रदेश १