विशेष अधिकार दिनु नपर्ने एक सक्षम महिला बन्नुहोस– पूर्वमन्त्री आशा खनाल

प्रकाशित मिति : बिहिबार, फाल्गुन २३, २०७५

पूर्वमन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य आशा खनाल कोइराला

पूर्व–महिला, बालबालिका तथा समाज कल्याण मन्त्री एवम् हाल गण्डकी प्रदेश सभाका सदस्य आशा खनाल कोइरालासँग मार्च ८ अर्थात् १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा गरिएको संक्षिप्त कुराकानीमा आधारित यो लेख मित्र एस.बी. थापाले तयार पार्नु भएको हो ।

श्रमिक महिलाहरुले संघर्षद्वारा आफ्नो अधिकार प्राप्त गरेको विशेष दिन मार्च ८ लाई उपलब्धि र सफलताको प्रतीक दिनका रुपमा सम्झन्छन् । मार्च ८ महिलाहरुमाथि भइरहेका विभेद अन्त्य गर्नका लागि संगठित हुनुपर्छ भनेर उद्घोष गरिएको दिन हो । यस दिनले महिलाहरूमाथिकै अन्याय, अत्याचार, भेदभावविरुद्ध एकताबद्ध हुनुपर्छ भनेर एकताको दरिलो पाठ सिकाएको छ, सन्देश दिएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले अप्राप्त अधिकारहरू संगठित र एकताबद्ध भएर संघर्ष गरेमा प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । अमेरिकाको सिकागो शहरको एउटा कपडा कारखानाका मजदुर महिलाहरुले एकताबद्ध भई विभेदविरुद्ध संघर्ष गनुपर्ने र संगठित संघर्षका अगाडि ठूला भनिएको शक्ति पनि झुक्न बाध्य हुने सन्देश विश्वभर दिएको छ । यो कुरा अन्तर्राष्ट्रिय अग्रज समाजवादी नेतृ क्लारा जेटकीनले प्रमाणित पनि गर्नुभयो । उहाँको प्रस्तावमा मजदुर महिलाहरूले संगठित मागहरु राखेर संघर्ष गरेपछि अधिकार प्राप्त गरेको प्रतीक दिन अर्थात् ८ मार्चलाई एकता, संघर्ष र मुक्तिको प्रतीक दिनका रुपमा म स्मरण गर्न चाहन्छु । त्यसैले यो बलिदानीपूर्ण संघर्षसँग अन्तरसम्बन्धित रहेको छ । र, नेपाली श्रमिक महिलाहरुले पनि आमूल परिवर्तनका लागि निरन्तर संघर्ष र उत्सवकै रुपमा ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई मनाउँदै आइरहेका छन् ।

यतिबेला महिलाहरुको राष्ट्रिय स्थितिमा परिवर्तनहरू भएका छन् । यसको पछाडि म राजनीतिक आन्दोलनलाई श्रेय दिन चाहन्छु । किनकि, आन्दोलन र युद्धमा महिलाहरुले त्याग, वीरता, साहस र दक्षता प्रदर्शन गरे, त्यसैको आधारमा हामीले नयाँ संविधान निर्माण गर्न सफल भयौँ । सँगै, राज्यसत्ता पनि परिवर्तन ग¥यौँ । धेरै अधिकारहरु संवैधानिक रुपमा प्राप्त गर्न सफल भयौँ । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र व्यवहारिकरुपमा समेत नयाँ संविधानमा अधिकारहरूलाई नीतिगत रुपमा व्यवस्थापन गर्न सफल भयौँ । अब संविधानप्रद्धत अधिकारलाई व्यवहारिकरुपमै कार्यान्वयन गर्न सक्यौँ भने महिलाले भोग्दै आइरहेको समस्या, पीडा, उत्पीडन, शोषण अन्त्य भई दोस्रो दर्जाको नागरिकको अनुभूत पनि गर्नुपर्ने छैन् ।

उपलब्धि कार्यान्वयनमा पितृसत्तात्मक सोच नै अवरोध

हामीले नयाँ संविधानमा महिलाहरूका बारेमा जे जति संवैधानिक व्यवस्थाहरु गर्न सफल भएका छौँ, त्यसको कार्यान्वयनका लागि कानुनको जरुरी छ । अहिले हामी कानुनहरू निर्माण गर्दैछौं । र, करिब करिब कानुनहरू बनिसकेका छन् । कानून बनेपछि व्यवहारिक रुपमा लागू गर्ने सवाल चुनौतीको रुपमा आउने देखिन्छ । हामी ९चाहे महिला होस् चाहे पुरुष, राज्यका उच्च तहमा रहेका०सँग अझै सामन्ती, पृतिसत्तात्मक सोच छ । त्यसैले प्राप्त राजनीतिक उपलब्धि कार्यान्वयन गर्न पितृसत्तात्मक सोचले अवरोध गरेको देखिन्छ । तर, कानुनीरुपमा त्यसलाई व्यवस्था गरिसकेपछि ती सोच र चिन्तनहरु आफैँ परास्त भएर जानेछन् ।

संवैधानिक अधिकारहरूलाई व्यवहारिकरुपमा हामीले कार्यान्वयन गर्न सक्छौँ भन्ने विश्वास छ । कार्यान्वयन गर्न सरोकारवाला पक्ष ९हामी महिला०हरु नै अगाडि बढ्नु र सचेत हुनुपर्ने हुन्छ । किनभने, हामीले जति तत्परता देखाउन सक्छौँ, त्यति नै छिटो यो व्यवहारिक कार्यान्वयनमा आउन सक्छ ।

जनप्रतिनिधिहरूले पुलको काम गर्नुपर्दछ स्

कानुनी व्यवस्थाहरू जनतारमहिलाहरूलाई बुझाउनु जरुरी छ । महिलाहरुलाई बुझाउन प्रथमतः उनीहरूलाई सचेत गराउनु पर्दछ । जनप्रतिनिधिहरुले आम महिलाहरुले भोगेका समस्याहरू अन्त्य गर्नका लागि राज्यलाई झक्झकाउँदै नीतिगत व्यवस्था गर्न सहज वातावरण बनाउने पुलको काम ९माध्यमको काम० गर्नुपर्दछ । नीतिगत कुराहरू जनतालाई बुझाउने र नीतिगत समस्या रहे त्यसलाई हटाउँदै के कसरी सहजतापूर्वक अघि बढ्नसक्छौँ भन्ने वातावरण बनाउनु पर्दछ ।

विशेष अधिकार दिनु नपर्ने एक सक्षम महिला बन्नुहोस् स् शुभकामना

अन्त्यमा, आम महिला दिदीबहिनीहरू हामीले हिजो भन्दा आज धेरै अधिकारहरु प्राप्त गरिसकेका छौँ । त्यो कानुनी रुपमा, संवैधानिक रुपमा पनि प्राप्त गरेका छौं, त्यो व्यवहारतः कार्यान्वयनमा आउन बाँकी छ । व्यवस्थापिका संसदमा हामीले ३३ प्रतिशत प्रतिनिधित्वको ग्यारेन्टी गरेका छौं तर जहिलेसम्म बाध्यकारी व्यवस्था गर्दैनौँ तबसम्म व्यवहारमा कार्यान्वयन नहुनसक्छ । त्यसैले बाध्यकारी व्यवस्थाको जरुरी छ । त्यसका लागि जुनसुकै ठाउँमा बसेका महिलाहरुले संघर्ष गर्न जरुरी छ ।

अर्को कुरा हरेक संघर्षका मोर्चाहरूमा महिलाहरुले पनि कुशल नेतृत्व गरेर देखाएका छन् । त्यसैले परिवर्तन अरुले गरिदिउन, हाम्रा माग अरुले पूरा गरिदिउन भन्ने भन्दापनि हामी ९महिलाहरू० आफैँले साहस गरेर नयाँ कामको सुरुवात गरी उदाहरणीय बन्न सक्नुपर्छ । स्मरणीय यो छ कि, आजको दिनसम्म आइपुग्दा महिलाहरुले धेरै ठूलो त्याग र बलिदान गरेका छन् । उनीहरुले पनि पुरुषझैं सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक परिवर्तनका क्षेत्रमा उल्लेख्य र महत्वपूर्ण कार्यहरू गरेका छन् । तथापि, महिलाहरु जति छिटो रुपान्तरणको बाटोमा हिँडेका छन् त्यसको तुलनामा पुरुषहरु अत्यन्त ढिलो हिँडेका छन् । त्यसैले समानताका पक्षपाती पुरुषहरुले पनि रुपान्तरणको प्रक्रियालाई राम्रोसँग बुझेर अगाडि बढ्न जरुरी हुन्छ र हामी आफैँभित्र रहेका सोच र चिन्तन फेर्न पनि जरूरी छ । हामीले परम्परागत संस्कृति र कतिपय अवरोधहरू चिर्न सक्नुपर्दछ । आफैँबाट नयाँ कामको, समानताको सुरुवात गर्छु भनेर दृढता व्यक्त गर्ने हो भने हामीले हाम्रै पालामा पूर्णरुपमा महिला र पुरुष बराबरी भएको समय देख्नेछौँ । राज्यले महिलाहरुलाई अहिले विशेष अधिकार दिएको छ । ती विशेष अधिकार दिनु नपर्ने र पुरुषहरुसँग प्रतिस्पर्धा गर्ने एक सक्षम महिला बन्न बन्नुहोस् भन्ने शुभकामना र आह्वान १०९औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा व्यक्त गर्न चाहन्छु ।साहित्य प्रवाह

तथापि, महिलाहरु जति छिटो रुपान्तरणको बाटोमा हिँडेका छन् त्यसको तुलनामा पुरुषहरु अत्यन्त ढिलो हिँडेका छन् । त्यसैले समानताका पक्षपाती पुरुषहरुले पनि रुपान्तरणको प्रक्रियालाई राम्रोसँग बुझेर अगाडि बढ्न जरुरी हुन्छ र हामी आफैँभित्र रहेका सोच र चिन्तन फेर्न पनि जरूरी छ । हामीले परम्परागत संस्कृति र कतिपय अवरोधहरू चिर्न सक्नुपर्दछ । आफैँबाट नयाँ कामको, समानताको सुरुवात गर्छु भनेर दृढता व्यक्त गर्ने हो भने हामीले हाम्रै पालामा पूर्णरुपमा महिला र पुरुष बराबरी भएको समय देख्नेछौँ । राज्यले महिलाहरुलाई अहिले विशेष अधिकार दिएको छ । ती विशेष अधिकार दिनु नपर्ने र पुरुषहरुसँग प्रतिस्पर्धा गर्ने एक सक्षम महिला बन्न बन्नुहोस् भन्ने शुभकामना र आह्वान १०९औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा व्यक्त गर्न चाहन्छु ।