अन्तर्राष्ट्रियतावादी एक महान महिला विचारक रोजा लग्जमवर्ग

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभअवसरमा प्रेरक महिला विचारक रोजा लक्जमबर्ग

जय कार्की प्रकाशित मिति : मङ्लबार, फाल्गुन २१, २०७५

जर्मन समाजवादी पार्टीकी संस्थापक नेतृ रोजा लक्जमबर्ग

मार्च ५, १८७१ मा पोल्याण्डको जामोश्कमा अन्तर्राष्ट्रियतावादी एक महान महिला विचारक, दार्शनिक, अर्थशास्त्री तथा प्रथाम विश्व युद्ध विरोधी अभियन्ता रोजा लक्जमबर्गको जन्म भएको थियो । उहाँको जीवन गाथाका विषयमा यहाँ संक्षिप्त चर्चा गर्न आवश्यक देखिएकोले प्रस्तुत गर्ने जमर्को गरिएको छ । communistonline.com

 

रोजा लग्जमवर्ग एक चिनारी

जय कार्की,
ANTUF
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने रोजा लक्जमवर्गको विषयमा यहां चर्चा गरिएन भने जर्मन कम्युनिष्ट पार्टीको विषयमा जानकारी हासिल गर्न सकिन्न ।
सन १८७१ मा पोल्याण्डको जामोश्कमा सामाजिक जनवादी आन्दोलन तथा दोश्रो इन्टरनेशनलकी नेतृ रोजालक्जमवर्गको जन्म भएको थियो । उनी बाल्यकालदेखि नै विद्रोही स्वभावकी थिइन । रोजाले झण्डै १९ वर्षको उमेरमा रुसी (त्यतिखेर पोल्याण्ड रुसको अधिनमा थियो) पोल्याण्डलाई परित्याग गरिन र स्वीट््जरल्याण्डमा शरण लिन पुगिन् । किनकी उनको क्रान्तिकारी दृष्टिकोणका कारण पोल्याण्डमा बस्नु खतराभन्दा वाहिर थिएन र यसका अतिरिक्त उनी समाजशास्त्र र उनको अतिप्रिय विषय वैज्ञानिक समाजवादको अध्ययन गर्न चाहन्थिन, यसका अतिरिक्त सवै जसो देशको विषयमा उनी गहिरो अध्ययन गर्न पनि चाहन्थिन् । उनी निडर तथा भयरहित थिइन । रोजाले अनेकौं टुक्रामा विभक्त पोल्याण्डको युवा समाजवादी आन्दोलनमा सक्रिय रुपमा सहभागी भएर एक ढिक्का वनाएकी थिइन । रोजाले सन् १८९४ मा पोल्याण्डमा कम्युनिष्ट पार्टीको स्थापना गरेकी थिइन । आफ्नो दुखकष्टलाई भन्दा अरुको दुख चिन्तालाई कसरी हटाउने भन्ने कुरामा नै वढि चिन्तित हुन्थिन् उनी । उनका साथीहरुको मूल्यांकन थियो — उनि भद्र, समपर्णवादी र अत्यन्त सचेत महिला नेतृ थिइन । उनी कुनै पनि कामलाई सक्दिन भनेर अस्वीकार गर्दैन थिइन । सधैं उनी यो मैले नै गर्नुपर्छ भनी काममा जुटिहाल्ने स्वभावकी थिइन् भने स्वीजरल्याण्डमा निर्वासित हुंदा राजनीतिक अर्थशास्त्रमा पि.एच.डी. गरेकी रोजाले पि.एच.डी.को थेसिसको लागि पोल्याण्डमा औद्योगिक विकास नामको थेसिस तयार पारेकी थिइन् ।
उनले मन पराएको क्षेत्र थियो पत्रकारिता ।

रोजा आफ्नो चारित्रिक स्वभाव बमोजिम नै अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा देखापरेको निम्न वुर्जुवा, राष्ट्रवादी आन्दोलनमा देखापरेको निम्न वुर्जुवा, राष्ट्रवादी तथा अर्धअराजकतावादी विरुद्धको लडाईंमा अदम्य साहसका साथ हाम फालेकी थिइन । एक हदसम्म विजय हासिल पनि गरेकी थिइन् । उनको वौद्धिक क्षमता र व्यक्तित्वले उनलाई अत्यन्त प्रभ्रावाशाली नेतृको रुपमा जनताको माझमा खडा गरेको थियो । उनको इतिहासलाई पल्टाउने हो भने जर्मन सर्वहारावर्गको लागि लड््ने समाजवादी योद्धा जर्मनीले पोल्याण्डवाट पाएको थियो । उनको अदम्य क्रान्तिकारी विश्वासले उनलाई तयार पा¥यो र जर्मनीको युद्धमैदानमा पठायो भनिन्छ । अन्तर्राष्ट्रिय सर्वहारावर्गीय आन्दोलनमा होम्मिने एकमात्र लक्ष्यसहित नागरिकता प्राप्तिका लागि जर्मन नागरिकसित नक्कली विवाह गरेर उनी जर्मनी प्रवेश गरेकी थिइन् । उनी सन १८९७ देखि जर्मन सामाजिक जनवादी आन्दोलनमा सक्रिय सहभागी भएकी थिइन् । जर्मनी उनको कर्म र संघर्षको भूमि वनेको थियो ।
रोजाले सम्पूर्ण रुपमा आफुलाई सर्वहारावर्गको लागि समर्पण गरेकी थिइन् । बर्लिनको पार्टी स्कूलमा जहां उनी प्रशिक्षण संचालन गर्दथिइन्, त्यहां उनको विचारसंग असहमत हुनेहरु पनि उनलाई अत्यन्तै आदर र सम्मान गर्दथे । जहिलेवाट उनले जर्मन माटोमा पाइला टेकेकी थिइन् उनले स्वयंलाई एउटा शक्ति र सहनशीलताका साथ तत्कालीन अवसरवादीहरु र संशोधनवादीहरुका विरुद्धमा संघर्ष गर्नमा केन्द्रित भएकी थिइन् । रोजा पोल्याण्डको मजदुर आन्दोलनमा मात्र केन्द्रित रहिनन् जर्मन सामाजिक जनवादी पार्टीको घोर अवसरवादी पक्ष तथा दोश्रो इन्टरनेशनलको संशोधनवाद तथा सुधारवादको सिद्धान्तकार एडवर्ड बर्नस्टिड तथा फ्रान्सेली राजनीतिक कार्यकर्ता मिलेराँ तथा कार्ल काउत्स्की सन १८८० तिर निम्नवुर्जुवा क्रान्तिकारी थिए र सन १८९० तिर समाजवादीहरुतिर ढल्केको थिए ।

पछि गएर फ्रान्सेली समाजवादी आन्दोलनको अवसरवादी धाराको नेतृत्व गरेका थिए । सन १८९९ मा वाल्डेक रुस्सोको प्रतिकृयावादी वुर्जुवा सरकारमा सामेल पनि भएको थिए र त्यही सरकारमा पेरिस कम्युनको हत्यारो जर्नेल ग्यालिफ््फेसंग मिलेर काम गरेका थिए । लेनिनले मिलेरांवादलाई सर्वहाराहितप्रति विश्वासघात तथा संशोधनवादको व्यवहारिक अभिव्यक्तिको रुपमा भण्डाफोर गर्नुभएको थियो । र, यस विचारधाराको सामाजिक जराहरु उदाङ्ग पार्नु भएको थियो ।


त्यसैगरी कार्ल काउत्स्की जर्मन सामाजिक जनवाद तथा दोश्रो इन्टरनेशनलका एक नेता थिए । आफ््नो राजनीतिक जीवनको प्रारम्भमा माक्र्सवादी भएका थिए भने पछि त्यही माक्र्सवादसंग त्यसले विद्रोह गरेको थियो । अवसरवादका सवभन्दा खराव र खतरणाक मान्छे, मध्येमार्गी अर्थात अन्तर्राष्ट्रियतावादी शब्दको आडमा सामाजिक अन्धराष्ट्रवादी विचारधाराको निरुपक थियो काउत्स्की । लेनिनले काउत्स्कीको भण्डाफोर गर्दै सर्वहारा क्रान्ति र गद्दार काउत्स्की नामको प्रशिद्ध कृति नै लेख्नु भएको छ हो यी अन्धराष्ट्रवादी, संशोधनवादी तथा मध्यमार्गीहरुका विरुद्धमा चुनौतिपूर्ण ढंगले हरेक मोर्चामा जुधेकी थिईन रोजा लक्जेमबर्ग ।

मध्यमार्गी कार्ल काउत्स्कीको सर्वहारा क्रान्ति विरोधी नारा युद्धको वेलामा शान्तिको शान्तिको संघषर्, शान्तिको समयमा वर्गसंघर्ष भन्ने नाराका विरुद्धमा रोजा लक्जेमवर्गले भनेकी थिइन —काउत्स्कीले कम्युनिष्ट पार्टीको घोषणापत्रको अपिलमा एक महत्वपूर्ण संशोधन गरेका छन् । त्यो यसप्रकार छ संसारका मजदुरहरु शान्तिको समयमा एक होऔं र युद्धको समयमा एक अर्काको घांटी रेटारेट गरौं । त्यसैगरी रुसी मेन्सेभिकप्रति पनि उनी आक्रमक थिइन । मेन्सेभिकहरुको माक्र्सवादप्रतिको नक्कली, वेइमानीपुर्ण दृष्टिकोणप्रति तीव्र घृणा गर्दै लेनिनको क्रान्तिकारी सर्वहारादृष्टिकोणको पुर्णत वचाउ गर्दै मेन्सेभिक गुटलाई तपाईहरु माक्र्सवादमा उभिनु भएको छैन, बस्नु भएकोछ, अझ त्यसैमा सुत्नु भएकोछ भनी रोजालक्जमवर्गले लण्डन महाधिवेशसनमा मेन्सेभिकहरुको वैचारिक टाटपल्टाईको विरुद्धमा र लेनिनको पक्षमा खुलेर वहस गरेकी थिइन् ।

सन १९०५ मा जारशाहीको विरुद्धमा रुसी सर्वहारावर्गहरु उठे, उनी सो आन्दोलनमा सहभागी हुने भाग्यमानी महिला थिइन । उनी सहभागी हुन चारैतिर उनको शिरमा मडारिएको कठिनाई र खतरासंग जुझदै पोल्याण्ड पुगेकी थिइन् । जहां उनले कैयौ महिनासम्म अत्यन्त व्यस्तताका साथ आन्दोलन र क्रान्तिकारी गतिविधि गरेका कारण प्रतिक्रान्तिकारीहरुले गिरफतार गरेर खतरणाक जेलमा हालेका थिए । उनी सो दुर्भाग्यवाट मुस्किलले बंचिन । उनी सेन्टपिटर्सवर्ग नजिकैको फिनो—रसिया सीमामा लुकेर बसिन र मौका पर्ने वित्तिक्कै जर्मनी फर्किन र आफनो पहिलेको गतिविधिमा सरिक हुन थालिन । रोजाले जर्मनी नफर्किउन्जेल पोल्याण्डमा नै कामको गतिविधिलाई जारी राखिन
रोजाले आफनो स्वभाव बमोजिम अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा देखा परेको निम्न वुर्जुवा, राष्ट्रवादी तथा अर्धअराजकतावादी विरुद्धको लडाईमा विजय हासिल गरिन । उनको वौद्धिक क्षमता र व्यक्तित्वले उनलाई अत्यन्त प्रभावशाली नेताकोरुपमा जनताको माझ खडा गरेको थियो । उनको इतिहासलाई पल्टाउने हो भने जर्मन सर्वहारावर्गको लागि लडने समाजवादी योद्धा जर्मनीले पोल्याण्डवाट पाएको थियो । उनी पत्रपत्रिका, वैठक, भेला र पार्टी महाधिवेशनमा सवै ठाउंमा पार्टीको क्रान्तिकारी टयाक्टिसको लागि संघर्ष गर्दथिइन । त्यसतो कुनै कार्यक्रम थिएन, जहां उनले गहनरुपमा भाग नलिएको होस । पार्टी महाधिवेशन, जनसभा तथा पार्टी संगठनको निर्माण सम्वन्धी वैचारिक वहस होस, चाहे आन्दोलनको मोर्चामा डटने सवालमा होस, उनी संधै अग्रभागमा हुन्थिन । जर्मन सर्वहारालाई क्रान्तिकारी वनाउनु एउटा घुमाउरो बाटोलाई पारगर्दै गन्तव्य स्थानमा पुग्नुुसरह थियो । रोजाको दिमागले र परिश्रमले मात्र काफी थिएन ।

तर पनि उनी सामाजिक जनवादी पार्टी पोल्याण्डको वैचारिक प्रमुख रहिसकेकी थिइन । जसको कारणले अन्तर्राष्ट्रिय सर्वहाराको वर्ग संघर्षलाई उचाईमा पु¥याउन रोजालाई त्यति जटिल परेको थिएन । उनको कार्यक्षमता र चिन्तनको कारणले गर्दा धेरै ठुलो दायित्व वहन गर्नुपर्ने नेतृको रुपमा उनलाई उभ्याइ दियो । उनको जीवन अन्तर्राष्ट्रिय थियो । उनको प्रमुख प्रभाव अन्तर्राष्ट्रिय नै थियो । रोजा दोश्रो इन्टरनेशनलकी प्रभावशाली नेतृ थिइन र उनको बोलीको ठूलो वजन थियो । भनिन्छ रोजाको जस्तो इच्छाशक्ति संसारमा अत्यन्त कम मान्छेमा पाइन्छ । भयलाई आत्मानियन्त्रण गर्दै त्यसलाई ज्वालामुखीकोरुपमा प्रयोग गर्दै आफनो विजयलाई सुनिश्चित गर्ने मान्छेको नाम हो रोजा लक्जमवर्ग ।

जव उनी स्वयंलाई आत्मनियन्त्रण गर्न सक्ने भइन, तवदेखि नै संगठन निर्माण गर्न र अन्य पक्षलाई नियन्त्रण गर्न र नेतृत्वप्रदान गर्न सक्षम भइन् । रोजा मानवीय आवश्यकतामा समानता देखाउथिन । समय र धैर्यता गरी उनको सल्लाह परामर्श एवं सहयोग चाहनेहरुको विषयमा बुझने कोसिस गर्दथिइन । उनी साथीहरुको नजरमा अविस्मरणीय थिइन । उनी वालककालदेखि नै विद्रोही स्वभावकी थिइन ।
रोजाको गल्ति र लेनिनको आलोचना
कमरेड लेनिनप्रति कति इमान्दार हुनुहुन्थ्यो र उहांको सफलता र साहसको कदर रोजाले कसरी गर्नुहुन्थ्यो भन्ने कुरा उहांले लेनिनको कार्यकालको सफलताको लागि व्यक्त गरेको शुभकामनावाट स्पष्ट हुनसकिन्छ । तर पनि माक्र्सवादलाई अलिकति पनि तोडमोड तथा अपव्याख्या गर्ने काम रोजावाट भएको खण्डमा लेनिन आलोचना गर्न कत्ति पनि वांकी राख्नुहुन्नथ्यो ।
कुनै पनि राजनेताले होस वा अरु कसैले गल्ती नै गर्दैन भन्ने मान्यता राख्नु हुदैन, रोजाले पनि त्यसता गल्ती गरेकी थिइन । त्यसैकारण उनलाई सुधार्नका लागि आलोचना गर्दै गल्ती कम्जोरी औंल्याई दिनुभएको थियो लेनिनले ।

लेनिन र रोजाको पहिलो भेट स्वीटजरल्याण्डमा पोल्याण्ड इमिगे्रस क्लबमा भएको थियो । लेनिन सो क्लबमा पोल्याण्डका श्रमिकहवर्गहरुको आन्दोलन र राष्ट्रियताको सवालको विषयमा प्रवचन दिन जानुभएको थियो । रोजा लक्जेमबर्गको लेनिनले धेरै उच्च मुल्यांकन गर्नुभएको छ । तर लेनिनले रोजाकाको गल्तीको आलोचना पनि गर्नु भएको थियो र सहि र गहन ढंगले विचार विश्लेषण गर्न मद्दत पनि गर्नु भएको थियो ।
लेनिनले रोजाको गल्तीको आलोचना पनि गर्नुभएको थियो र ठीक र गहन ढङ्गले विचार÷विश्लेषण गर्न मद्दत पनि गर्र्नुभएको थियो । जातिय तथा राष्ट्रियताको सवालमा उहाँहरुबीच मतभिन्नता थियो । पोल्याण्डको स्वतन्त्रतालाई एक कोराकल्पना घोषित गरेर र यसै कुरालाई पटक–पटक दोहो¥याउंदै रोजाले व्यंग्यपुर्वक जोड दिदै भन्थिन–आयरल्याण्डको स्वतन्त्रताको माग किन नउठाउने ?
लेनिन भन्नुहुन्छ–” राष्ट्रिय स्तन्त्रतालाई ठोस मागको विश्लेषण गरी उठाउनु पर्दछ अवसरवादी दृष्टिकोणबाट होइन । वास्तवमा साँचो माक्र्सवादी दृष्टिकोबाट मात्र हल गर्न सकिन्छ । माक्र्स कल्पनावादी हुने र रोजाचाँही व्यावहारीक हुने कुरामा सहमत हुन सकिदैन”भन्नुहुन्छ लेनिन ।
त्यसैगरी रोजाले टे«ड युनियनलाई भङ्ग गर्ने गलत माग गर्ने केहि प्रतिनिधिहरुको सर्मथना गरेकी थिइन । रोजाको मतमा टे«ड युनियनहरुको स्थान मजदुर प्रतिनिधिहरुको सोभियत र कलकारखाना समितिहरुलाई दिनुपर्छ भन्ने थियो । टे«ड युनियनहरुको प्रश्नमाथि जर्मन कम्युनिष्टहरुको यस्तोे गलत रवैयाका कारण उनीहरु र अधिकांश मजदुरवर्गबीच खाडल बढेर गएको थियो ।

लेनिनले केहि सैद्धान्तिक तथा राजनीतिक प्रश्नहरुमा रोजा लक्जेमवर्ग र दलका अन्य सदस्यहरुबीच मतभेद थियो । लेनिनले जुनियसको पम्फलेट, माक्र्सवादको विकृत रुप तथा साम्राज्यवादी अर्थवाद आदि लेखहरुमार्फत् उनको गल्तीको आलोचना गर्नुभएको थियो । जर्मनीमा ट्रेड युनियनविरुद्ध भैरहेको गलत सोचविरुद्ध प्रतिउत्तरमा लेनिनले जर्मन सामाजिक जनवादी पार्टीका नेताहरुको गम्भीर ढंगले आलोचना गर्र्नुभएको थियो ।
“पश्चिम युरोपमा अर्कै पारा छ । त्यहाँ हाम्रा साथी टे«ड युनियनहरुलाई खराव र नराम्रो मान्दछन । किनिकि त्यहाँ यी टे«ड युनियनहरुको पहेंलो प्रतिनिधिहरुको यो हदैसम्मको नियन्त्रण छ कि कम्युनिष्ट उनिहरुबाट प्राप्त हुने समर्थनमा त्यति धेरै लाभ देख्दैनन । थुप्रै पश्चिम युरोपेली कम्युनिष्ट, यहाँसम्म कि रोजा लक्जमेवर्गसमेत ट्रेड युनियनहरुको विघटन गर्ने वकालत गरिरहेकी छन । यसले के स्पष्ट हुन्छ भने पश्चिम युरोपमा र हाम्रो कार्यमा कति धेरै कठिनाईहरु छन् । तर हाम्रो देशमा टे«ड युनियनहरुको समर्थन बिना एक महिना पनि टिक्न सक्तैनौं । यो मामिलामा हामीसँग व्यवहारिक कार्यहरुको अनुभव छ । हामीलाई अत्यन्त कठिन प्रश्नहरुको समाधानमा जुटनमा समर्थ बनाएको छ” भन्दै रोजाको आलोचना गर्दै टे«ड युनियनको भूमिकालाई कदापी न्यून मूल्याङ््कन नगर्न र टे«ड युनियनको भूमिकालाई बिर्सने हो भने जर्मन कम्युनिष्टको अस्तित्व नरहनेतर्फ स्पष्ट पार्र्नुभएको थियो ।

लेनिनले युरोपको सबै भन्दा ठूलो जर्मन कम्युनिष्ट पार्टीले क्रान्तिकारी भूमिका पूरा गर्न नसकेकोमा पनि आलोचना गर्र्नुभएको छ । त्यसैगरी उहाँले रोजा, कार्ललिब्नेख्त र मेहरिंगले वैचारिक–सैद्धान्तिक र संगठनात्मक कमजोरीहरुको कारणले नै एक जुझारु सर्वहारा पार्टीको निर्माण गर्न सकेनन भनी आलोचना गर्न पनि बाँकी राख्नुभएको छैन ।
यदि सुधारवादी सामाजिक जनवादी पार्टीबाट समयमै अलग भएर जर्मन कम्युनिष्टको स्थापना गर्न सकेको भए नोभेम्वर क्रान्तिको समयमा जनताको नेतृत्व जर्मन कम्युनिष्ट पार्टीले गर्न सक्थ्यो भन्ने विश्लेषण थियो लेनिनको । “जर्मनीमा जब संकट सुरु भयो जर्मन मजदुरहरुको कुनै सच्चा क्रान्तिकारी पार्टी थिएन । यसकारण कि अलग हुन ज्यादै ढिलो गरेर अनि पुँजीका भ्रष्ट (शिदेमान, लेजियन, डेभिड एण्ड कम्पनी) चाटुकारहरुको गिरोहका साथ “एकता को घृणित परम्पराको कारणले पनि” भनी आफनो रोष रोजा र लिब्नेख्तप्रति व्यक्त गर्नुभएको थियो ।

सोभित रुसको विषयमा कलम चलाउन लेनिनको आग्रह ः रोजालाई

लेनिन रोजाको आलोचनामात्रै होइन, ज्यादै ठूलो प्रशंसक पनि हुनुहुन्थ्यो । उहाँले आफनो यान्त्रिकवाद र साम्राज्यवादको आलोचना (Materialism And Empirio–Critism) नामक कृतिको जर्मनीमा प्रकाशित हुने नुये जाइट नामक पत्रिकामा सो दर्शनसास्त्रको विषयमा आवश्यक लागेमा समिक्षा गर्न आग्रह गर्नुहदै भन्नुभएको छ–“रुसीहरुका लागि रोजाले यति मात्र लेखेर पुग्दैन अरु धेरै नियमित रुपमा लेख्नुप¥यो” भन्नुभएको छ । रुसमा सामाजिक जनवादी पार्टीबाट चुनिएर संसदमा पुगेपछि अल्मलिन खोज्ने सामाजिक जनवादी प्रतिनिधिहरुप्रति तिखो प्रहार गर्दै रोजाले लेखेको सामाग्रीलाई रुसीहरु सबैले ज्यादै मन पराएको र जर्मन सामाजिक जनवादी पार्टीलाई सम्पन्न र सवल पार्न सहयोग पु¥याउन आग्रह पनि गर्नुभयो भने आफनी श्रीमती नादेज्डा क्रुप्सकायासँग स्वीटजरल्याण्ड जानेक्रममा बर्लिनमा रोकिंदा रोजासँग भएको भेटघाटमा अष्ट्रियन भाववादी दार्शनिक माखको दर्शन सम्वन्धी भएको छलफललाई स्मरण गर्न छुटाउनु भएको थिएन ।


सन १९१९ को जनवरी १५ का दिन कार्ल लिबनेख्त र रोजाको युद्धपिासु प्रतिक्रियावादी जर्मन सरकारले हत्या गरेकोले रोजा र लेनिनवीचको बैचारिक वहश एकाएक टुंगिन पुगेको थियो । सामान्यतया भन्ने गरिन्छ लनिनसित बैचारिक वहश गर्ने महिला नेतृ रोजालक्जमबर्ग नै थिईन त्यसकारण पनि रोजाको हत्यामा सबैभन्दा बढि आक्रोश हत्यारो सरकारप्रति लेनिनले नै पोखेका थिए । सबैभन्दा बढि चिन्तित लेनिन नै थिए । रोजाद्धारा लिखित जुलियसको पर्चा, क्रान्ति कि सुधारवाद, पूँजीको संचय जस्ता कृतिहरु निकै महत्वका निकै चर्चित रहेका छन् ।

क्रुप्सकायासँग स्वीटजरल्याण्ड जानेक्रममा बर्लिनमा रोकिंदा रोजासँग भएको भेटघाटमा अष्ट्रियन भाववादी दार्शनिक माखको दर्शन सम्वन्धी भएको छलफललाई स्मरण गर्न छुटाउनु भएको थिएन ।
सन १९१९को जनवरी १५ का दिन कार्ल लिबनेख्त र रोजाको युद्धपिासु प्रतिक्रियावादी जर्मन सरकारले हत्या गरेकोले रोजा र लेनिनवीचको बैचारिक वहश एकाएक टुंगिन पुगेको थियो । सामान्यतया भन्ने गरिन्छ लनिनसित बैचारिक वहश गर्ने महिला नेतृ रोजालक्जमबर्ग नै थिईन त्यसकारण पनि रोजाको हत्यामा सबैभन्दा बढि आक्रोश हत्यारो सरकारप्रति लेनिनले नै पोखेका थिए । सबैभन्दा बढि चिन्तित लेनिन नै थिए । रोजाद्धारा लिखित जुलियसको पर्चा, क्रान्ति कि सुधारवाद, पूँजीको संचय जस्ता कृतिहरु निकै महत्वका निकै चर्चित रहेका छन् ।