अन्टुफ चितवनको बैठक सम्पन्न कार्ययोजनासहित ४५ दिने अभियान संचालन

प्रकाशित मिति : सोमवार, फाल्गुन २०, २०७५

नेपाल कम्युनिष्ट पार्टी प्रदेश ३ का अध्यक्ष नारायण दाहालका साथ अन्टुफ महासचिव, अन्टुफ प्रदेश ५की इन्चार्ज तथा अन्टुफ प्रदेश ३ का अध्यक्ष,उपाध्यक्षहरु सहित अन्टुफ चितवन सामूहिक तस्विरमा

अखिल नेपाल टे«ड युनियन महासंघ(अन्टुफ) को बैठक अन्टुफ महासचिव / संगठन विभाग प्रमुखजगत सिम्खडाको प्रमुख आतिथ्यता, प्रदेश ३ का अध्यक्ष पिताम्बर गिरी र उपाध्यक्षहरु होमबहादुर खड््का र खगेन्द्र धिमालको विशेष उपस्थितिमा र चितवन जिल्ला अध्यक्ष यदुुमणि कंडेलको अध्यक्षतामा बसि ४५ दिने कार्ययोजना बनाएको होम खडकाले कम्युनिष्ट अनलाईनलाई बताएका छन । यस अवधिमा पेसागत संगठनहरु सबैलाई निरन्तरको अभियानमा क्रियाशील बनाउने, नयाँ सदस्यता वितरण गर्ने आईपरेका समश्याहरु एकजुट भएर हल गर्ने मार्च आठ भव्यतापूर्वक महिला कमिटीको पहलमा मनाउँने, सामाजिक सुरक्षा कार्यक्रम लागू भए नभएको अनुगमन गर्ने तथा नेपाल सरकारले बृद्धि गरेको न्यूनतम बेतन लागू नभएको प्रतिष्ठान तथा पेसाहरुमा अनुगमन गरी कार्यान्वयन गराउँने प्रतिवद्धता पनि बैठकले गरेको अध्यक्ष पिताम्बर गिरीले बताएका छन ।