चारसय पचास जनाले गरे रक्तदान

प्रकाशित मिति : आइतवार, फाल्गुन १९, २०७५

Fagun 18,2075

बुढ़ानीलकण्ठ नगरपालिकामा अ.ने.निर्माण मजदूर संघ लगायत आधा दर्जनभंदा बढ़ी सामाजिक संस्थाहरूद्वारा आयोजित स्वास्थ्य सिबिर तथा रक्तदान कार्यक्रममा आयोजित स्वागत कार्यक्रममा स्कूले नानिहरूहरुले सांस्कृतिक कला प्रस्तुत गरेका थिए भने स्वास्थ्यमंत्रीले बिरामी जाँचेर  कार्यक्रमको उद्दघाटन गरेका थिए।
यो शिबिरमा ४५० जना महानुभावहरुले रक्तदान गरेका थिए त्यसमध्ये अखिल नेपाल निर्माण मजदुर संघ बुढानीलकण्ठ नगरपालिकाका अध्यक्ष दिनेश सुब्बा, काठमाण्डौ महानगरपालिकाका अखिल नोपल निर्माण मजदुर संघका अध्यक्ष जीवन राई लगायत ५० जनाले रक्तदान गर्दै सामाजिक तथा परोपकारी काममा हात बढाएका थिए । कार्यक्रमको एक झलक ः