अक्टुवर क्रान्तिले महिलाको जीवनमा ल्याएको परिवर्तन

जहाँ महिला मजदूर कार्यरत छन्, त्यहाँ महिला नीरिक्षकको नियुक्ति गरिनुपर्छ

एलेना एमेल्यानोभा प्रकाशित मिति : आइतवार, फाल्गुन १९, २०७५

महिला मुक्तिको संघर्ष सोभियत संघको कम्युनिष्ट पार्टीको इतिहासको शानदार पृष्ठमध्ये एक हो । पार्टीले महिलालाई कानूनी रुपमा समानताको दर्जा दिने मागलाई सधैं आफ्नो कार्यक्रमको सैद्धान्तिक प्रावधानहरुमा समावेश ग¥यो ।
पार्टीको पहिलो कार्यक्रमको निरुपण लेनिनले गर्नुभएको थियो र यसलाई सन् १९०३ मा पार्टीको दोश्रो महाधिवेशनले स्वीकृत ग¥यो । यो त्यो समय थियो जब रुस जनवादी क्रान्तिको ढोकामा खडा भएको थियो । कार्यक्रमले सर्वहाराको तत्कालीन कार्यभारलाई रेखांकित ग¥यो–निरंकुश सत्तालाई उखालेर फ्याँक्ने र महिलाको लागि समान राजनीतिक अधिकारको सुनिश्चितता गर्ने, जनतान्त्रिक स्वतन्त्रता र आठ घन्टाको कार्यदिवस लागू गर्ने । कार्यक्रममा भनियो “मजदूर वर्गको शारीरिक तथा नैतिक विनाशलाई रोक्नको लागि र यो गतिविधिलाई क्रान्तिकारी संघर्ष तर्फ प्रोत्साहित गर्नको लागि लगाउनु पर्छ । ती उद्योगहरुमा महिला कामदारहरुमाथि निगरानी राख्नुपर्दछ जुन उनीहरुको स्वास्थ्यको लागि हानिकारक छ
महिलाहरुको लागि बच्चालाई जन्म दिनु भन्दा ४ हप्ता पहिले र जन्म दिइसकेपछि ६ हप्ता पछिसम्म वेतनसहित कामबाट विदा दिनु पर्दछ, सबै फ्याक्ट्री र संयन्त्रहरुमा शिशुहरुको लागि शिशु गृहको स्थापना गरिनुपर्छ र त्यसमा महिलालाई काम दिइनुपर्छ हरेक तीन घन्टा पछि महिलालाई शिशुलाई दूध पियाउनको लागि आधा घन्टाको छुट्टि दिइनुपर्छ । ती उद्योगमा जहाँ महिला मजदूर कार्यरत छन्, महिला नीरिक्षकको नियुक्ति गरिनुपर्छ ” ।
यी सबै माग जनवादको लागि संचालित संघर्षको हिस्सा र समाजमा हुने अन्य जनवादी रुपान्तरणको साथै हांसिल गर्न सकिन्थ्यो । फेरि पनि महिलाको स्थितिसँग सम्बन्धित पार्टीद्वारा राखेको एउटा पनि जनवादी माग तवसम्म पूरा भएनन् जवसम्म १९१७ मा समाजवादी क्रान्तिको विजय भएन ।
सन १९१७ को अक्टोबरमा कम्युनिष्ट पार्टीको नेतृत्वमा महान्् अक्टुवर समाजवादी क्रान्तिको विजय भयो । त्यसपछि मजदूर वर्गको, जो गरिब किसानको सहमेलबाट काम गरिरहेको थियो, सत्ता कायम भयो । यसपछि नयाँ सरकारले समस्त श्रमजीवी जनताको हितमा काम गर्न शुरु ग¥यो । यसले उत्पादनको साधनमा नीजि स्वामित्वलाई समाप्त ग¥यो र त्यसको स्थानमा सार्वजनिक स्वामित्वलाई लागू ग¥यो । यसले उत्पीडनको सबै रुपलाई जसमा महिलामाथि गरिने उत्पीडन पनि सामेल थियो, समाप्त गरिदियो । त्यसपछिको अघिल्लो कार्य थियो एक नयाँ समाजको निर्माणको कार्य शुरु गर्नु । यीनै परिस्थितिमा नै महिलासँग सम्बन्धित प्रश्नलाई व्यवहारतः सुल्झाउन सकियोस्् ।
त्यो पहिलो कदम कुन चाँही थियो जस्ले नयाँ सोभियत राज्यले महिला मुक्तिको लागि उठायो !? पुरुष र महिलाको कानूनी रुपमा समानता सुनिश्चित गर्नको लागि अत्यन्त महत्वपूर्ण शर्त थियो– आर्थिक क्षेत्रमा आधारभूत परिवर्तन लागू गर्नु । यी परिवर्तनले कामदार महिलाको आर्थिक अवस्थामा स्थायी प्रभाव पार्न सफल रह््यो ।
मजदूर र किसानको सरकारले अनेकौं आज्ञाप्तिहरु जारी ग¥यो जसको उद्देश्य थियो महिलाको अन्यायपूर्ण सामाजिक हैशियतलाई समाप्त गर्नु । दिसम्वर १९१७ मा सरकारले लेनिनको हस्ताक्षर भएको थुप्रै ऐतिहासिक आज्ञाप्ति जारी ग¥यो– विवाह–विच्छेद र नागरिक दर्ताको समावेश सम्बन्धी आज्ञाप्ति जसले पतिको विशेष अधिकारलाई समाप्त गरेर पत्नीलाई विवाह अनुवन्ध र विवाह विच्छेद सम्बन्धी समान अधिकार उपलब्ध गरायो । विवाह उप्रान्त जन्मिने वालबच्चाको सामाजिक हैसियतमा कायम असमानतालाई समाप्त ग¥यो । मजदूर र कार्यालयमा काम गर्ने कर्मचारीहरुको लागि मजदूरी र वेतन सम्बन्धी आज्ञाप्ति (सेप्टेम्वर १९१८) ले सबै पुरुष र महिलाको लागि समान कार्यको लागि समान वेतनको व्यवस्था ग¥यो । यसले महिला विरुद्धको कुनै पनि भेदभावलाई समाप्त ग¥यो । आठ घन्टाको कार्यदिवस सम्बन्धी आज्ञाप्ति (अक्टुवर १९१७) ले सबै मेहनतकश जनताको लागि समानरुपले ८ घन्टाको कार्यदिवसको स्थापना ग¥यो । यो आज्ञाप्तिले महिलाहरुलाई ओभरटाइमको लागि नियन्त्रण र उनीहरुबाट रातको समयमा काममा लगाउन पूर्णतः रोक लगायो ।
सोभियत राज्यले आमाहरु र शिशुहरुको स्वास्थ्यको रेखदेखको जिम्मेवारी आफूमाथि लियो । सोभियत सरकारले विरामी भएको अवस्थामा विमा सम्बन्धी आज्ञाप्ति (दिसम्वर १९१७) ले गर्भवती महिलाहरुलाई विशेष छुट्टि र वेतन हाँसिल गर्ने हकदार बनायो । आमा र बच्चाको रेखदेख सम्बन्धी आज्ञाप्ति (जनवरी १९१८) ले सबै प्रसूती गृह र बच्चाको रेखदेख गर्ने संस्थाहरुको पुन  गठनको एक एकमुष्ट कार्यक्रम घोषित ग¥यो ।
क्रान्तिको पहिलो दिन, सोभियत सरकारले सबै कामदार पुरुष र महिलाको बीच राजनैतिक समानताको घोषणा ग¥यो । यो प्रतिज्ञा मजदूर एवं किसानको सरकारको स्थापना (अक्टुवर १९१७) सम्बन्धी आज्ञाप्ती र मेहनतकश तथा शोषित जनताको अधिकारहरुको घोषणापत्र (जनवरी १९१८) मा गरिएको थियो । महिलाको लागि समानताको प्रश्न १० जुलाई १९१८मा सोभियतको ५ औं अखिल रुसी कंग्रेसमा स्वीकृत गरिएका थियो र यसलाई अझ पहिलो सोभियत संविधानमा विस्तार गरिएको थियो ।
संविधानले आफ्नो अनुच्छेद २२ मा सोभियत गणतन्त्रको सबै नागरिकलाई लिङ्ग, नस्ल र राष्ट्रियताको पर्वाह नगरी समानताको घोषणा गरी महिलाको उक्त अधिकारलाई कानूनी आधार स्थापित प्रदान ग¥यो । अनुच्छेद ६४ मा पनि पुरुष र महिलाको लागि सत्ताको निकायमा चुन्ने र चुनिने समान अधिकारको ग्यारेन्टी ग¥यो ।
पूर्वी प्रदेशको जनताको लागि तिनीहरुको जीवन शैलीको विशिष्ट खुवीहरुलाई ध्यानमा राखेर, सोभियत सरकारले सामान्य कानूनको साथसाथै केही थप कानून पनि स्वीकृत ग¥यो जुन सोभियत पूर्वको महिलाहरुको मुक्तितर्फ लक्षित थियो । उदाहरणको लागि १४ जुलाई १९२१ लाई तुर्किस्तान स्वायत्त सोभियत समाजवादी गणतन्त्र सोभियतको केन्द्रीय कार्यकारिणी समितिले वेहुलीको लागि पैसाको भुक्तानी गर्ने अर्थात्् वेहुली खरिद गर्ने चलनलाई अन्त्य गर्न र विवाहको उमेरलाई बढाउने सम्बन्धी एउटा आज्ञाप्ति स्वीकृत ग¥यो । पुरुषहरु र महिलाहरुको समानतासँग सम्बन्धित सोभियत सरकारको कानूनहरु र आज्ञाप्तिहरुमाथि आफ्नो टिप्पणी गर्दै लेनिनले भन्नुभयो “सोभियत सत्ताले जनवादको कार्यान्वयन कुनै पनि विकसित देशहरुको तुलनामा निकै बढी मात्रामा गरेर देखायो । किनकी यसले आफ्नो कुनै पनि कानूनमा महिलाको असमानताको कुनै पनि त्यस्तो स्थान छोडेन । …… कानूनको क्षेत्रमा महिलाहरुलाई समानताको दर्जा दिनमा हामीले त्यो सबै ग¥यौं जसको हामीलाई आवश्यक थियो र यसो गर्ने हामीलाई पूरा अधिकार छ ।”
तर यसको अर्थ यो होइन कि क्रान्तिको विजय हुनासाथै महिलाहरुको लागि पूर्ण समानता स्थापित भैसक्यो । सन १९१९ मा लेनिनले यसतर्फ संकेत गर्नुभयो कि अझै सोभियत रुसमा महिलाहरुको स्थिति समकालीन अत्यन्त विकसित देशहरुको महिलाहरुको स्थितिभन्दा राम्रो छ तर यो देशमा जुन कानून पारित गरिएको छ, त्यो केवल पहिलो कदम हो र यो कामको केवल एउटा हिस्सा मात्रै हो । महिलाहरुको पूर्ण मुक्ति एउटा नयाँ समाजको निर्माणमा स्वयम उनीहरुको सहभागितामा गहनरुपले जोडिएको हुन्छ । र यसको उदाहरण हो सामाजिक उत्पादनको विकास गर्नु र महिलाहरुलाई कानूनहरु प्रयोग गर्न सिकाउनु । महिलाहरुलाई पनि आफ्नो औद्योगिक कुशलतामा सुधार गर्नु थियो र आफन्तहरुबीच कायम अशिक्षालाई समाप्त गर्नु थियो । महिलाको बारेमा स्थापित पुराना संस्कारहरु र विचारहरुबाट छुटकारा पाउनु पनि आवश्यक थियो ।
यसप्रकार, क्रान्ति पश्चात यो देशका जनताले एउटा नयाँ समाजको निर्माणको कार्य शुरु गरे । अनेकौं महत्वपूर्ण सामाजिक समस्याहरु जसलाई समाधान गर्नु थियो, त्यसमा महिलाहरुसँग सम्बन्धित समस्या पनि समावेश थिए । सन् १९१९ मा, कम्युनिष्ट पार्टीको आठौं कंग्रेसमा स्वीकृत गरेको समाजवादी पुनर्निर्माणको सामान्य कार्यक्रमले पुरुष र महिलाको पूर्ण राजनीतिक र कानूनी समानताको व्यवस्था ग¥यो । यो कार्यक्रमले स्कूल पूर्व बच्चाहरुको रेखदेख गर्ने संस्थाहरुको व्यापक संजाल गठन गरेर सामुदायिक केन्द्रहरुको विकास गरेर सम्पूर्ण घरेलु कामकाजको व्यवस्थालाई एउटा नयाँ रुप प्रदान गरेर तथा समाज तथा परिवारमा महिलाद्वारा गरिने कामको भूमिकाको बारेमा पूरानो भैसकेको प्रतिक्रियावादी विचारबाट उठाएर महिलालाई सामाजिक उत्पादन र समाजको सार्वजनिक, राजनीतिक तथा सांस्कृतिक जीवनमा समावेश गर्ने अवसर पनि उपलब्ध गरायो ।
यी सबै कार्यहरुलाई पूरा गर्न र महिलाबीच काम गर्नको लागि पार्टी समितिहरुको विशेष विभाग निर्माण गरियो ।
यहाँ यो कुरालाई ध्यान दिनु आवश्यक छ कि सोभियत सत्ताको प्रारम्भिक वर्षहरुमा महिलाहरुको अवस्थासँग सम्बन्धित समश्याहरुको समाधानमा निकै कठिनाईहरु जोडिएका थिए ।
गृहयुद्धले र १४ देशहरुद्वारा नवोदित सोभियत राष्ट्रको विरुद्ध सैनिक हस्तक्षेपले यसको अर्थव्यवस्थालाई निकै कमजोर बनाएको थियो । सयौं औद्योगिक उद्योगकहरु खण्डहरमा परिवर्तन भएको थियो । इन्धन र कच्चा मालको असाध्यै अभाव भएको थियो । कृषि क्षेत्रको अवस्था अझ खराव भएर गएको थियो र यो यस्तो समयमा भएको थियो जवकी देशको ८५ प्रतिशत आवादी (१९२० को तथ्याङ्क अनुसार) ग्रामीण क्षेत्रहरु पर्दथ्यो । यहाँ यो कुरा पनि ध्यानमा राख्नु आवश्यक छ कि शहरहरु र ग्रामीण वस्तीहरुमा वस्ने महिलाहरुको तुलनामा किसान महिलासित वर्गसंघर्षको अनुभव कम थियो । उनीहरुको क्रान्तिकारी परम्परा कमजोर थियो र सांस्कृतिक स्तर निकै कम थियो ।
सोभियत रुसमा नयाँ समाजको निर्माण जोडतोडको वर्गसंघर्षको बीच, जसलाई शोषक वर्गले जनतामाथि लादेका थिए, भैरहेको थियो । शोषक वर्गले यो आशा गरिरहेको थियो कि अन्ततः उनीहरुले पुरानो सत्ता पूनः कायम गर्नेछन्् । उनीहरुको यो उद्देश्यलाई अरु देशहरुको पूंजीपति वर्गको समर्थन प्राप्त थियो । केही कामदार महिलाहरुमा निहित अपर्याप्त सामाजिक जागरुकता र तिनीहरुको राजनीतिक अज्ञानताको फाइदा उठाउँदै प्रतिक्रान्तिकारीहरुले उनीहरुलाई आफ्नो पक्षमा उभ्याउने प्रयास गरे ।
रुसको वहुजातीय स्वरुपले पनि एउटा अर्को अत्यन्त गंभीर समस्या खडा गरिदियो । केही जनता क्रान्ति भन्दा पहिले नै विकासको पूँजीवादी खुड््किलो भएर गुज्रिरहेका थिए जवकी अन्य ऐले पनि आदिकालीन समाजबाट नाता तोड््ने चरणमा थिए र अरु ऐले पनि सामन्ती अवस्थामा नै रहेका थिए । यस्तो अन्तिम समूहमा मध्ये एसिया, काजखस्तान र ट्रान्सककेसियाको मानिसहरु सामेल थिए ।
सन्् १९२१ को दशकको मध्येमा यसको कूल आवादी ३ करोड थियो अथवा त्यो सोभियत गणतन्त्रको आवादीको २० प्रतिशत थियो । यी क्षेत्रमा औद्योगिकरण अत्यन्त कम भएको थियो र गन्तिको हिसावले यहाँ मजदूरवर्गको संख्या ज्यादै कम थियो । यहाँ अधिकांश श्रमजीवी वर्ग किसान र दस्तकार थिए र ठूलो संख्यामा अशिक्षित थिए । सामन्ती पितृ सत्तात्मक जीवनशैली, आम सामाजिक र आर्थिकरुपले पिछडिएको र महिलाहरुको ज्यादै अपमानजनक स्थिति, उनीहरुलाई ती सबैको महत्वलाई जो समाजवादी क्रान्तिमा नयाँ र प्रगतिशील थियो, महशुस गर्नबाट रोकिरहेको थियो । यसकारण उनीहरु मध्ये कतिपयसित अतितसँग पूरै तरिकाले सम्बन्ध भंग गर्ने क्षमता थिएन । यसको अतिरिक्त राष्ट्रिय पूँजीपति वर्ग, प्रतिक्रान्तिकारीहरुको स्थानीय गिरोहहरु र प्रतिक्रियावादी पूरोहितहरुलाई साम्राज्यवादको भरपूर समर्थन प्राप्त थियो र तिनीहरु जनताद्वारा स्थापित गरेको नवोदित सरकारको विरुद्ध खुल्ला र भूमिगत दुवै नै प्रकारको प्रतिरोध गरिरहेका थिए ।
क्रमशः….

Translalted by: Jaya Karki