अन्टुफ महिला कमिटीको बैठक सम्पन्न नयाँ कार्य योजना प्रस्तुत

प्रकाशित मिति : सोमवार, फाल्गुन १३, २०७५

अन्टुफ केन्द्रीय महिला कमिटीको महिला नेतृहरु

अखिल नेपाल टे«ड युनियन महासंघ महिला कमिटीको बैठक कमिटी प्रमुख विष्णु थापाको अध्यक्षतामा बस्यो । सो बैठकलाई अन्टुफ अध्यक्ष गणेश रेग्मी, उपाध्यक्षहरु जय कार्की र उषा देबकोटाले आवश्यक निर्देशन सहित कार्ययोजना बमोजिम काम फत्ते गर्न र सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि आवश्यक कदम चाल्नु पर्ने विषयमाथि प्रकाश पारेका थिए ।

सो अवसरमा अर्का उपाध्यक्ष एसबी थापा र प्रदेश ३ का अध्यक्ष पिताम्बर गिरीको पनि उपस्थिति रहेको थियो ।
आजको बैठकले मार्च आठ भव्यतापूर्वक मनाउँने, सबै प्रदेशमा महिला कमिटी गठन गर्ने, जिल्ला तथा नगर र गाउँपालिका स्तरमा समेत ४५ दिनभित्रमा कमिटी गठन गरिसक्ने क्रान्तिकारी योजना निर्माण गरेको छ । केन्द्रीय कमिटीको सदस्य संख्या ४१ बनाउने प्रदेश कमिटीहरु ११ देखि २१ जनाको बनाउने निर्णय पनि गरेको छ ।
त्यसैगरी बैठकले सीता सापकोटालाई प्रदेश १ को इन्चार्ज, कमला स्याँङबोलाई प्रदेश २ को इन्चार्ज, प्रदेश ३ को इन्चार्ज संगिता बानियालाई, प्रदेश ४ को इन्चार्जमा इन्दिरा शर्मालाई, प्रदेश पाँचको इन्चार्जमा शुशिला पुुनलाई, प्रदेश ६ को इन्चार्जमा धनु दाहाललाई र प्रदेश ७ को इन्चार्जमा निशा खरेललाई तोकेको छ ।
बैठकले प्रदेश स्तरीय मार्च आठ मनाउँने, सामाजिक सुरक्षा ऐन सम्वन्धी प्रशिक्षण संचालन गर्ने, कमिटीभित्र आन्तरिक लेभी लगाउँने,आर्थिक योजना बनाउँने, क्यान्सर पिडीत महिला कमिटीकी सदस्यलाई आर्थिक सहयोग गर्ने, जेटियुसिसीले आयोजना गर्ने मार्च आठको शुभकामना आदानप्रदान कार्यक्रमलाई सफल पार्ने, सामूहिक सौदावाजीको गोष्ठिलाई सम्पन्न गर्ने लगायतका निर्णयहरु पनि गरेको छ ।

बैठकमा महिलाहरुले आआफ््ना् कार्यक्षेत्रको सामान्य रिपोर्ट पनि प्रस्तुत गरेका थिए । बैठकमा सहभागी महिला नेतृहरुले महिला कमिटीको बैठकले संगठन निर्माणमा र कार्यक्षेत्रमा जान ठूलो हौसला थपेको बताएका छन ।