मानेभन्ज्याङ म्युजिक प्रालिको प्रस्तुतिमा विदुर आपागाईले ल्याए दमदार गीत ‘कोशी पारी’ (भिडियो सहित)

देवीप्रसाद खनाल/कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, फाल्गुन १३, २०७५

नेपाली लोक दोहोरी क्षेत्रमा त्यो पनि काँठे भाकामा विदुर आपागाई चिर परिचति नाम हो । पछिल्लो समय लोक दोहोरी क्षेत्रमा आफ्नै कम्पनी मानेभन्ज्याङ म्युजिक प्रालिद्वारा आफूलाई दर्शक स्रोता माझ खरो रुपमा उभ्याउन सफल विदुर आपागाईले ‘कोशी पारी’ नामक एल्बमद्वारा दर्शकलाई मनोरञ्जन दिने मजबुत प्रयास गर्नुभएको छ ।

माधव थापाको लय तथा शब्द रहेको उक्त गीतमा विदुर आपागाई र मुना थापा मगरको सुमधुर आवाजमा सजिएको उक्त गीतलाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतमा पछिल्लो समय अभिनयमा निकै जमेका कलाकार सन्जीव ठकुरी तथा शुस्मा मोक्तानको दमदार अभिनय हेर्न पाइन्छ ।

यस गीतलाई अजय रेग्मीले छायांकन गरेका छन्, प्रविन भट्टको सम्पादन, पोष्टर डिजाईन उत्तम कुमार कार्कीको रहेको छ । यस गीतलाई पोष्ट प्रोडक्सन बीपी फिल्म्स नेपालले गरेको छ भने यस गीतलाई पछिल्लो समय निर्देशनमा निकै व्यस्त रहेका डान्स डाइरेक्टर समीर थोकरले गरेका छन् । यस गीतलाई मानेभन्ज्याङ म्युजिक प्रालिको आफ्नै युट्युव च्यानलद्वारा सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोसः