सरकार गठनको वर्षगाँठमा प्रधानमन्त्री ओलीको सम्बोधन आज

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५

काठमाडौं/ वर्तमान सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारका उपलब्धिको समीक्षा गर्दै सम्बोधन गर्ने भएका छन् ।

बिहीबार दिउँसो ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडि प्रधानमन्त्रीले सम्बोधन गर्ने जनाइएको छ ।

सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीद्वारा कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा गरिएको छ ।

एक वर्ष बीचमा सरकारले केही महत्वकांक्षी योजना लगायतका विभिन्न कार्यक्रमहरु घोषण गर्नुका साथै लागू समेत गरिएको छ । प्रधानमन्त्री सामाजिक सुरक्षा योजना, प्रधानमन्त्री रोजगार कार्यक्रम यसैबीचका मुख्य चर्चामा आएका कार्यक्रम हुन् ।