श्रमको सम्मान ! राष्ट्रको अभियान भन्ने नारा र प्रधानमन्त्री रोगार कार्यक्रमलाई गर्यो सबै नेपालिद्वारा स्वागत

प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५

काठमाडाैं/ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयको आयोजनामा‘उद्यमशील श्रमशक्ति, राष्ट्रको सम्पत्ति’ भन्ने नाराका साथ आज राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम भव्य तयारीका साथ सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यस कार्यक्रमलाई विशेष समारोह बीच उद्घाटन साथै यस कार्यक्रमलाई आधिकारिक रुपमा आज घोषणा गर्ने कार्यक्रम रहेको छ । ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने मूल नारा रहेको यो कार्यक्रमले वेरोजगार रहेका युवा जनशक्तिलाई रोजगार दिने मूल उद्देश्य रहेको छ ।

प्रधानमन्त्री स्वारोजगार कार्यक्रम अन्तर्गत वेरोजगार युवाले के कस्ता कार्यक्रम ल्याएको छ तः
मुलुकमा विद्यमान बेरोजगारी र गरिबीको समस्यालाई सम्बोधन गरी दिगो आर्थिक विकास हासिल गर्न नेपाल सरकारले काम र रोजगारीलाई उच्च प्राथमिकता प्रदान गरेको छ । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हक सम्बन्धी ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

यस कार्यक्रम अन्तर्गत प्रत्येक गाउँपाकिा र नगरपालिकामा एक रोजगार सेवा केन्द्र रहनेछ । रोजगार सेवा केन्द्रमा एक जना रोजगार संयोजक रहने व्यवस्था गरिएको छ । बेरोजगार व्यक्ति र रोजगारीका अवसर सम्बन्धी सूचना र तथ्यांक संकलन गरी अद्यावधिक राख्न रोजगार सेवा केन्द्रमा रोजगार व्यवस्थापन सूचना प्रणालीको स्थापना गरिनेछ ।

दुई तिहाईको कम्युनिष्ट सरकार आउँदा पनि देशमा विकास हुन नसकेको, युवाहरु विदेश पलायन हुने दर झन बढ्दै गएको भन्ने आलोचना हुँदै गर्दा आएको यस्ताे कार्यक्रमले नेपाली युवा शक्ति विदेश पलायन हुनबाट रोक्ने मात्र होइन नेपाल विकासमा पनि ठूलो योगदान रहनेछ । एक वर्षको अवधिमा प्रधानमन्त्री सामाजिक सुरक्षा योजना लगायतका कार्यक्रम सहित कम्युनिष्ट सरकार निकै नै लोकप्रिय बन्दै गएकोले नेपाली कांग्रेस अतालिएर संसद अवरुद्ध लगायतका प्रगतिशील कार्य विरोध हर्कतहरु गरिरहेको छ । कांग्रेस सडकमा टायर बाल्ने, सरकारी सम्पत्ति नष्ट पार्ने र सरकारी गाडि जलाउने घृणित कार्य गर्न तल्लिन रहेको छ ।

यस कार्यक्रमले व्यावसायिक तथा सीपमूलक तािलम मार्फत बेरोजगार व्यक्तिको सीप तथा उद्यमीलता अभिवृद्धि गर्ने, रोजगारीका नयाँ क्षेत्रहरुको पहिचान गर्ने र श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्ने जस्ता कार्यक्रमहरु समेत संचालन गर्नेछ । यो कार्यक्रम तीनवटै तहका सरकारी, निजी, सहकारी तथा सामुदायिक क्षेत्रहरुबीचको समन्वय र सहकार्यमा संचालन हुनेछ ।

उक्त कार्यक्रम उत्पादनशील रोजगारीका अवसरमा वृद्धि गरी दिगो आर्थिक विकास मार्फत समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय सोच प्राप्त गर्न योगदान पुर्याउँछ ।

कार्यक्रमको लक्ष्यः
आन्तरिक रोजगारीका अवसरमा वृद्धि र सामाजिक सुरक्षाको प्रवद्र्धन गर्ने ।

कार्यक्रमको उद्देश्यः
– बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्न आवश्यक रोजगार सेवा र सहायता प्रदान गर्ने ।
– दक्ष तथा सक्षम जनशक्रि विकास गरी आन्तरिक रोजगारीको प्रवद्र्धन र विस्तार गर्ने ।
– सरकारी, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रहरुबीचको समन्वय र सहकार्यमा रोजगारीका थप अवसर सिर्जना गर्ने ।
– आन्तरिक रोजगारी सिर्जनाका लागि आवश्यक नीतिगत र संरचनागत व्यवस्था गर्ने ।
– सार्वजनिक पूर्वाधारहरुको निर्माण, स्तरोन्नति र विस्तारमा योगदान गर्ने ।
– आन्तरिक रोजगारी सिर्जनासम्बन्धी अध्ययन अनुसन्धान गरी रोजगारीका नयाँ क्षेत्रहरुको पहिचान गर्ने ।
– सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा थप रोजगारी सिर्जना गर्ने ।

कार्यक्रमको रणनीतिः
– सार्वजनिक निर्माणमा श्रममूलक प्रविधिको प्रयोग गर्ने ।
– बजारको मागमा आधारित सीपमूलक तालिम संचालन गर्ने ।
– रोजगार सूचना तथा परामर्श सेवाको व्यवस्था गर्ने ।
– अन्तर तहगत तथा अन्तर निकायगत समन्वयन गर्ने ।
– सरकारी, निजी, सहकारी तथा सामुदायिक क्षेत्र बीचमा साझेदारी गर्ने ।
– श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्ने ।
– सूचना प्रविधिमा आधारित कार्य प्रणालीको अवलम्बन गर्ने ।

कार्यक्रमका प्रमुख पक्षहरुः
– रोजागर सेवा तथा सहायताः बेरोजगार व्यक्तिको तथ्यांक संकलन र लगत अद्यावधिक, बेरोजगारको पहिचान र सूचीकरण, रोजगारीको सम्भावनाको आँकलन, रोजगारीको लागि सहयोग, निजी, सहकारी तथा सामुदायिक क्षेत्रसँग समन्वय तथा सहकार्य र निर्वाह भत्ता वितरण ।
– रोजगारीका लागि सीप तथा क्षमता अभिवृद्धिः व्यावसायिक तथा सीप विकास तािलम, रोजगारीका स्थानीय सम्भावनाको खोजी, तालिम–प्रदायक निकायहरुको संस्थागत क्षमता विकास र संस्थाहरु बीचको समन्वय ।
– रोजगारीका लागि निजी, सहकारीी र गैरसरकारीी क्षेत्रसँग सहकार्यः जनशक्तिको प्रक्षेपण र विश्लेषण, जनशक्ति आपूर्ति तथा क्षमता अभिवृद्धिमा निजी, सहकारी र गैर सरकारी क्षेत्रसँग समन्वय र सहकार्य, सार्वजनिक पूर्वाधार निर्माण तथा सेवा क्षेत्रमा अन्तरनिकाय समन्वय, रोजगारमूलक आयोजना तथा कार्यक्रमको तर्जुमा एवं कार्यान्वयनको प्रकृयामा पारस्परिक सहयोग र सहकार्य ।
– नीतिगत सुधारः रोजगारीको हकको कार्यान्वयन र रोजगारी सिर्जनाका लागि नीतिगत परिमार्जन तथा थप नीतिगत एवं संरचनागत व्यवस्था ।
– रणनीतिक सञ्चारः ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रम, रोजगार नीति तथा कार्यक्रमको प्रचारप्रसार र रोजगार बन्नका लागि अभिप्रेरित गर्न सञ्चार र सचेतना अभियान ।
–अध्ययन तथा अनुसन्धानः बजारको मागमा आधारित सीप विकास र रोजगारी सिर्जना ।
– रोजगार व्यवस्थापन सूचना प्रणाली ९भ्ःक्ष्क्०ः बेरोजगार व्यक्ति र रोजगारीका अवसरको कम्प्युटरमा आधारित अद्यावधिक सूचना प्रणाली विकास ।

कार्यक्रमको संरचनागत व्यवस्थाः
यस कार्यक्रमको राष्ट्रियस्तरमा समग्र संयोजन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्नेछ । नेपाल सरकारका विषयगत मन्त्रालय, प्रदेश सरकारको सम्बन्धित विषय हेर्ने मन्त्रालय तथा विषयगत मन्त्रालयहरु र स्थानीय तहहरु यस कार्यक्रम कार्यान्वयनको जिम्मेवार निकायको रुपमा रहेका छन् । यस कार्यक्रमलाई निर्देशन र कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहमा देहायका समितिहरु रहनेछन्ः

संघीय निर्देशक समिति
(अध्यक्ष, मा.मन्त्री/राज्यमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय)

प्रदेश निर्देशक समिति
(अध्यक्ष, मा.मन्त्री/राज्यमन्त्री, रोजगार सम्बन्धी विषय हेर्ने मन्त्रालय)

स्थानीय निर्देशक समिति
(अध्यक्ष, नगर प्रमुख/गाउँपालिका)

बेरोजगार व्यक्तिः
एक आर्थिक वर्षमा न्यूनतम १०० दिन रोजगारमा संलग्न नभएको वा कम्तीमा तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगरामा संलग्न नरहेको १८ वर्षदेखि ५९ वर्ष उमेर समूहको नागरिक ।
बेरोजगार व्यक्तिले पाउने सेवाः
– एक आर्थिक वर्षमा न्यूनतम १०० दिन बराबरको रोजगारी,
– रोजगार सूचना, परामर्श र सहजिकरण,
– व्यावसायिक तथा सीप विकास तालिम ।

बेरोजगार परिवारले पाउने सुविधाः
– न्यूनतम १०० दिनको रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको पचास प्रतिशतका दरले हुन आउने रकमम निर्वाह भत्ताको रुपमा उपलब्ध गराईने ।
– निर्वाह भत्ता गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको निर्णयमा कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत परिवारका बेरोजगार सदस्यहरुको मञ्जुरीनामा सहित सिफारिस भई आएको सदस्यको बैंक खातामा सोझै भुक्तानी दिइने ।

निर्वाह भत्ता पाउने अवस्थाः
– परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएमा,
– नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार भएमा,
– परिवारको कुनै सदस्य स्वरोजगार नभएमा,
– परिवारको कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नभएमा,
– सरकारी कोष (संघ, प्रदेश वा स्थानीय तहको कोष) वा अन्य मुलुक वा अन्तर्राष्ट्रिय वा अन्तरसरकारी संघ, संगठन वा अन्य कुनै संस्थाबाट नियमित निवृत्तभरण वा अवकाश सुविधा लिइरहेको नभएमा वा सामाजिक सुरक्षा कोष वा नेपाल सरकारको सहायता सम्बन्धी अन्य कोष वा रोजगारदाताबाट नियमित रुपमा कुनै पनि किसिमको सहायता प्राप्त गरेको नभएमा ।

रोजगारी प्राप्त गर्ने प्रकृयाः
– बेरोजगार व्यक्तिले आफू स्थायी बसोवास गरेको गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा व्यक्तिगत विवरण सहितको फाराम भरी नाम दर्ता गर्नुपर्ने ।
– वडा कार्यालयले प्राप्त फारामहरु संकलन गरी रोजगार सेवा केन्द्रमा बुझाउनु पर्ने ।
– रोजगार सेवा केन्द्रले प्राप्त फारामहरुका आधारमा बेरोजगार व्यक्तिहरुको सूची गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निर्णयका लागि पेश गर्नु पर्ने ।
– निर्णय भएका बेरोजगार व्यक्तिहरुको विवरण रोजगार सेवा केन्द्रले रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी सूचीकरण गर्नुपर्ने ।
– रोजगार आयोजनाहरुले आवश्यक श्रमिक रोजगार सेवा केन्द्रले माग भए बमोजिमका श्रमिकहरुलाई लाभग्राही परिचयपत्र सहित काम गर्न खटाउने ।
– श्रमिकले रोजगार सेवा केन्द्रले खटाएको स्थानमा गई काम गर्न पर्ने ।
– सम्बन्धित आयोजनाले काम गरेको दिनको पारिश्रमिक श्रमिकको बैंक खातामा भुक्रानी दिने ।

रोजगारदाताको भूमिकाः
– रोजगार सेवा केन्द्रले माग गरे बमोजिम प्रतिष्ठानमा रहेका रोजगारीका अवसरहरुको विवरण उक्त केन्द्रमा उपलब्ध गराउने ।
– प्रतिष्ठानका लागि आवश्यक पर्ने श्रमिकहरु रोजगार सेवा केन्द्रसँग माग गर्न सक्ने ।
– यस कार्यक्रमसँग सहकार्यमा श्रमिकका लागि आवश्यक पर्ने सीप विकास तािलम सञ्चालन गर्न सक्ने ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रत्यक्ष लाभ लिनको लागि बेरोजगार युवाले सम्बन्धित सरकारी निकायमा गई आफू र आफ्नो सम्पूर्ण परिवार वेरोजगार वा स्वरोजगार नभएको प्रमाण सहित निवेदन दर्ता गर्नुपर्नेछ र आवश्यक प्रकृया पूरा गर्नुपर्ने छ ।

सरकारले यो किसिमको कार्यक्रम ल्याएपछि सरकारले काम गर्न सकेन भनेर प्रचारवाजीमा लागेको यथास्थितिवादी नेपाली कांग्रेसलाई नराम्रो झापड लागेको छ । यस कार्यक्रमले विदेशिने नेपाली युवाका दर घट्ने त अवश्य छ नै, काम नगरि अलमलिएर बस्न खोज्ने श्रमशक्तिलाई समेत सरकारले खोजी खोजी काम लगाउने छ । यो कार्यक्रम अहिले सम्मकै नमूना कार्यक्रम हो ।