बनभोजका साथ निर्माण मजदुर संगठनले मनायो जनयुद्ध दिवस

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५

काठमाडौ/ २४ औं जनयुद्ध दिवसको अवसरमा अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रीय कमिटिद्वारा आयोजित बनभोज कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, शिक्षा तथा स्वास्थ्य समितिका सभापती तथा अखिल नेपाल ट्रेड युनियन महासंघका फ्याक्सन ईन्चार्ज आदरणीय दिदी जयपुरी घर्तीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा अन्टुफका उपाध्यक्ष जय कार्की विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो भने अन्टुफ उपाध्यक्ष उषा देवकोटा, अन्टुफका महासचिव तथा ३ नं. प्रदेश सांसद जगत सिंखडा, अन्टुफका उपमहासचिव शालिक काफ्ले, अन्टुफका सचिव सोम तामाङका साथै अन्टुफका प्रदेश नं. ३ अध्यक्ष पिताम्बर गिरि यस कार्यक्रमका अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो ।

यस बनभोज कार्यक्रमका मुख्य आकर्षक पक्ष भने कै विभिन्न कमिटीमा रहेका मजदुर नेतागण र सम्पुर्ण श्रमिक मजदुरहरु बिहान ०९:०० देखि बेलुकी साँझ ६:०० सम्म अधिक्तम धर्यता र सहनशीलताका साथ एकजुट भै विभिन्न खाले नाँचगान गर्दै मनोरञ्जनमा रमाउदै रहनु भएको थियो । यस बनभोज कार्यक्रमको आयोजना र ब्यबस्थापन अखिल नेपाल निर्माण मजदुर संघ केन्द्रीय कमिटीले गरेको थियो भने सहभागी काठमाडौ जिल्ला, ललितपुर जिल्ला र भक्तपुर जिल्ला कमिटीका सबै स्थानीय तह महानगर र नगर कमिटीका साथिहरु हुनु हुन्थ्यो ।

कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय उपाध्यक्ष कमल न्यौपानेले राख्नु भएको थियो ।

अन्टुफका महिला बिभाग प्रमुख बिष्णु मगरले जनयुद्ध दिवस र निर्माण मजदुर संघको बारेमा प्रष्ट पार्नु भयो । यसैगरी अन्टुफका महसचिव जगत सिंखडाले अखिल नेपाल निर्माण मजदुर संघको सांगठनिक प्रगतिप्रति ईंगित गर्दै संगठन बिभाग प्रमुखको नाताले जस्तो सुकै परिस्थितिमा भए पनि निर्माण मजदुर संघको संगठन बिस्तार अभियानमा सबै नेता कार्यकर्ताको ऐक्यबद्धतामा सहयोगी भुमिका निर्बाहा गर्ने बिचार ब्यक्त गर्नु भयो । साथै नेपाल सरकारले घोषणा गरेका सामाजिक सुरक्षा सम्बन्धी सबै योजनाहरुलाई कार्यन्वयन गर्न गराउन महासंघले गहन जिम्मेवारी पुर्बक कदम चाल्ने कुरा पनि बताउनु भयो ।

अन्टुफका उपाध्यक्ष उषा देवकोटाले पनि मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथी संघीय सांसद प्रतिनिधि सदस्य माननीय जयपुरी घर्तीले मन्तव्यकै क्रममा जनयुद्धको उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको विकल्न छैन भन्नु भयो । आफू शिक्षा तथा स्वास्थ्य समितिको सभापती भएको नाताले हरेक वालवालिकाहरुले कक्षा १ देखि कक्षा १२ सम्म निशुल्क पढ्न पाउने प्राबधानको ब्यबस्था गराउन नेपाल सरकार समक्ष लबिङ भइरहेको कुरा बताउनु भयो । यस कार्यक्रमका प्रस्तोता महासचिव रमेश सिके हुनु हुन्थ्यो भने अन्त्यमा अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष तथा यस कार्यक्रमका अध्यक्ष अमित लामाबाट कार्यक्रम समाप्तिको घोषणा गर्नु भएको थियो ।

फोटोफिचरः