लाखौं जनताको परिचालनबाट मात्रै समृद्धिको उचाईमा पुग्न सकिन्छः जनार्दन शर्मा

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५

काठमाडौं/ सत्तारुढ नेकपाका नेता तथा पुर्व मन्त्री जनार्दन शर्मा प्रभाकरले सरकार जनतातिर फर्कन जरुरी रहेको बताएका छन् । २४ औ जनयुद्ध दिवसमा जनसाँस्कृतिक महासंघले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहेका शर्माले भने जनताबाट कटेर र भ्रष्टाचारीहरुको घेरामा बसेर समृद्धि आउँदैन । उनले सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै लाखौं जनताको परिचालनबाट मात्रै समृद्धिको उचाईमा पुग्न सकिने बताए ।

उनले भने – ‘अहिले सरकारले समृद्धिको अभियानको नारा दिइरहेको छ । तर त्यो नारा जनतासँग जोडिएको छैन । लाखौं, करोडौं आम नेपाली जनतालाई समृद्धिको नारासँग जोडेर उनीहरुलाई परिचालन गरेर मात्रै समृद्धि हुने हो । त्यो पाटो छुटेको छ, यो गर्नुपर्छ । र यसबाट संविधानको स्प्रिट अनुसार अगाडि बढेर समाजवाद निर्माणको दिशातिर जान सकिन्छ ।’

उनले सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै लाखौं जनताको परिचालनबाट मात्रै समृद्धिको उचाईमा पुग्न सकिने बताए । उनले भने – अहिले सरकारले समृद्धिको अभियानको नारा दिइरहेको छ । तर त्यो नारा जनतासँग जोडिएको छैन । लाखौं, करोडौं आम नेपाली जनतालाई समृद्धिको नारासँग जोडेर उनीहरुलाई परिचालन गरेर मात्रै समृद्धि हुने हो । त्यो पाटो छुटेको छ, यो गर्नुपर्छ । र यसबाट संविधानको स्प्रिट अनुसार अगाडि बढेर समाजवाद निर्माणको दिशातिर जान सकिन्छ ।

उनले जनयुद्धमा भएकोे क्षती मुख्यत मानवीय क्षतकको राहत र व्यवसस्थापनमा सरकाररले ध्यान दिनुपर्ने बताए । उनले भने – जनयुद्धमा धेरै रगत बग्यो । धेरै वेपत्ता पारिए । त्यो कुनै व्यक्ति विशेषका विरुद्ध नभई राज्य र राज्यसत्ताका विरुद्धको विद्रोह थियो । राज्यसत्ताका विरुद्ध विद्रोह गरेर त्यसले स्थापित गरेको आज सरकार भएको कारणले त्यो राज्यसत्तालाई ‘यद्यपि राज्यसत्ता त पूर्ण रुपमा यो सरकारसँग छैन ।’ जनताको समग्र स्वामित्वमा ल्याइपुर्याउने काम पनि सँगसँगै गर्नुपर्यो । त्यो ऐन नियम निर्माण गर्ने क्रममा र समृद्धिको अभियान जनतासहित क्रममा हुने कुरा हो ।

उनले अगाडि थपे सरकारले भ्रष्टाचारको घेरा तोड्न नसकेको हो भने हामीलाई आदेश दिइयोस हामी आउँछौं त्यो घेरा च्यातचुत पार्न । पार्टी अध्यक्ष प्रचण्ड समेत उपस्थित रहेको उक्त कार्यक्रमा उनले प्रचण्डले एक आदेश दिए आफूहरु मर्न पनि तयार रहेको बताए ।