नेकपा ओखलढुंगाले भव्यरुपमा मनायो जनयुद्ध दिवस

देवीप्रसाद खनाल । प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५

ओखलढुंगा/ आज जनयुद्ध दिवसको उपलक्ष्यमा नेकपा ओखलढुंगाले २४औं जनयुद्ध दिवस भव्यताका साथ मनाएको छ । जनयुद्धका सहिदहरुप्रति सम्मान कार्यक्रमका साथ गरिएको उक्त कार्यक्रममा संघीय सांसद माननीय यज्ञराज सुनुवार, प्रदेश सांसद अम्बिर बाबु गुरुङ, नेकपा केन्द्रीय सदस्य पेशल खतिवडा, नेकपाका नेता बाबुराम गौतम लगायत थुप्रै नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा जनयुद्ध तथा जनआन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । यस कार्यक्रममा बोल्दै वक्ताहरुले नेकपा सरकार सहिदको सपना साकार पार्न र देश विकासमा अग्रसर भएको दावी गर्दै कांग्रेस यस कार्यमा बाधक भएको कुरा व्यक्त गरेका थिए ।