विप्लबद्वारा प्रचण्डलाई सहिदको सपनामा होली खेलेको आरोप

कम्युनिष्ट अनलाइन । प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५

काठमाण्डौ/ नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदहरुको सपनामाथि होली खेलिरहेको आरोप लगाएको छ ।

जनयुद्ध दिवसको अवसर पारेर बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी उपाध्यायले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले जनयुद्ध सुरु गर्दाको उद्देश्य, शहीदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि दाहालले तुषारापात गरिरहेको आरोप लगाउनुभयो । संसदीय राजनीतिको फोहोरी खेलविरुद्ध सुरु गरिएको जनयुद्धलाई धोका दिनेहरुले १५ हजारभन्दा बढी जनयुद्धका शहीदहरुको अपमान गरेको दाबी गर्दै त्यसका विरुद्ध आन्दोलनमा आउन पनि उहाँले सबैलाई आह्वान गर्नुभयो ।

उपाध्यायले जनताको जनवादी व्यवस्था ल्याउने उद्देश्यका साथ पार्टीले जनवादी आन्दोलनको सुरु गर्नु परेको दाबी पनि गर्नुभयो ।

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा र्‍यालीसहितको प्रर्दशन गरेको हो । प्रर्दशनमा सहभागी भएकाहरुले जनताको शासन व्यवस्था स्थापनाका लागि पार्टीको अभियानमा साथ दिन अपिल गर्दै नाराबाजी गरेका थिए । उज्यालाे अनलाइन