नेपाल सरकार कोसेली र चाकडीमा बिक्दैन, नौ-नौ महिनामा सरकार फेरिने दिन गएः प्रधानमन्त्री ओली

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५

काठमाडौं/ नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, नेपाल सरकार कोसेली र चाकडीको अपेक्षा गर्दैन । प्रधानमन्त्रीले सरुवा र बढुवामा कुनै गुनासो नआउने गरि प्रहरी नेतृत्वलाई काम गर्न निर्देशन दिए ।

दीक्षान्त समारोहमा बोल्दै उनले प्रहरी संगठन दलाली र दमनको लागि नभई कर्तव्य पालनाको लागि हुनु पर्नेमा जोड दिए । प्रहरी नेतृत्वलाई कार्य समपादन मुल्याङकन र बढुवाको निम्ती न्यायोचित प्रणालीको विकास गर्न निर्देशन दिए । मुलुकमा सेलिब्रेटी बन्न चाहनेहरुले राष्ट्रपतिलाई अनुचित खालका टिप्पणी गर्ने गरेको तर्फ संकेत गर्दै प्रहरी तालिम केन्द्र पनौती स्थानान्तरण गर्नु पर्नाको कारण समेत औल्याए ।

स्थान पर्याप्त नहुँदा तालिम केन्द्र सार्न परेको बताउँदै राष्ट्रपतिलाई दोष दिने वा लाञ्छना लगाउने कार्यको प्रतिवाद समेत गरे । अब मुलुकमा नौं/नौं महिनामा सरकार परिवर्तन हुने दिन गए भन्दै प्रधानमन्त्रीले सुशासन र विकास पछि मात्र सरकारले विदा लिने जनाए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरिक्षक लगायतले मन्तव्य राखेका थिए । साथै प्रहरी निरिक्षक आधारभुत तालिम प्राप्त ८३ पुरुष र १२ महिलाले पद तथा गोपनियताको सपथ समेत लिएका थिए ।