एउटै फर्ममा १३० दुहुना गाई, दूध बेचेर एकै महिनामा २२ लाख आम्दानी

कम्युनिस्ट अनलाईन । प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५

काठमाडौं/ दूध बेचेरै महिनाको २२ लाख आम्दानी पत्याउनै अप्ठ्यारो लाग्ने कुाराका साची बनेका छन् । गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका गाईपालक गेजन्द्रराज पन्त । उनी दूध बेचेरै मासिक २२ लाख आम्दानी गरिरहेका छन् ।

दुई दशकदेखि व्यावसायिक रूपमा गाईपालन थालेका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन् । जसमध्ये १३० गार्ई दुुहुना छन् ।

एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छन्। ३० लिटर दूध दिने गाईलाई दिनमा तीन पटक दुहुने गरिएको छ। यो समाचार कारोबार दैनिकको हो ।