म र ऊ

कविता

कमला भट्टराई । प्रकाशित मिति : मङ्लबार, माघ २९, २०७५

म जोरले चिच्याइरहेछु
ऊ कानमा रुवा कोचेर बसिरहेछ ।

म मेरा पिडाहरु एक एक सुनाइरहेछु
ऊ चुपचाप नसुने झै गरिरहेछ ।

म मेरा आशुँहरु सागरसरी बगाइरहेछु
ऊ ओठमा हाँसो देखाइरहेछ ।

म ऊ बिनाको जीवन गन्तव्य रोकिरहेछु
ऊ खुलेआम आकाशमा उडिरहेछ ।

म पीडाले बेस्सरी छट्पटीई रहेछु
ऊ अन्जान बनी बसि रहेछ ।

म चिच्याइ चिच्याइ कराइरहेछु
ऊ कान नसुन्ने बहिरो बनिदिएको छ ।।