विश्वमै धेरै गधा भएको देश चीनलाई पाकिस्तानले गधा बेच्ने

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

झण्डै ५० लाख गधा भएको देश पाकिस्तानले विश्वमा सबैभन्दा धेरै गधा भएको देश चीनलाई हजारौँ गधा बेच्ने भएको छ । पाकिस्तान धेरै गधा भएको देशको तेश्रो नम्बरमा पर्दछ । चीनमा गधालाई विशेष जनावर मानिन्छ ।

परम्परागत चिनिया औषधि बनाउनका लागि गधाको प्रयोग गरिन्छ । गधाको छालाबाट बनाउने जिलेटिनमा औषधिय गुण हुन्छ । त्यसले मानिसको रगत तथा रोग प्रतिरोधी क्षमता बढाउने काम गर्दछ ।