सरस्वती मन्दिर निर्माण कार्य प्रारम्भ

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

श्रीपन्चमीको पावान अवसरमा दोलखा जिल्ला शैलुङ गाउपालिका वडा नं.–८ मा रहेको श्री शारदा मा.वि.को प्रङ्गणमा श्री सरस्वती माताको मन्दिर निर्माण कार्यको शुभारम्भ गरिएको छ । शैलुङ गा.पा. वडा नं. ८ का वडा अध्यक्ष एवं विव्यस अध्यक्ष श्री रामेश्वर उप्रेति, संस्थाका अध्यक्ष बद्रि कार्की, प्र.अ. नेत्र प्रसाद थपलिया, स्थानिय समाजसेवि मुक्ती बहादुर कार्की स्कुलका शिक्षक तथा शिक्षिका र संस्थाका सदस्यलगायतले सो मन्दिरको शिलान्यस गर्नु भयो ।

यस कामको लागि सहकार्य गरि आगाडि बढ्न उदाहरणीय ब्यक्तित्व दानबीर पुर्ब रक्षा सचीव देबेन्द्र सिटौला, स्थानीय सामाजसेबी मुक्ति बाहादुर कार्की राजदल काठमाडौं निवासी समाजसेबी आदरणीय दाइ रमेश बुढाथोकीको सहयोगमा निर्माण हुदैछ । यस्मा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने मित्रहरुमा धन्यवाद । अनि सहयोग गर्ने दानबीरप्रति हार्दिक कृतज्ञता । शैलुङ जागरण युवा समाजको यो कार्यका लागि अन्य सहयोगी हातहरुले सहयोग गरी कार्य सफल पारिदिनुहुनको लागि हार्दिक अपिल गर्दछौ ।