माउण्ट एभरेष्टले गर्यो एकै घरमा ५ जना अपाङ्ग भएको परिवारलाई सहयोग

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : सोमवार, माघ २८, २०७५

उर्लाबारी/ माउण्ट एभरेष्ट सेवा समाज नेपालले मोरङको रतुवामाईका एकैघरमा ५ जना अपाङ्गता भएको परिवारलाई आर्थिक सहयोग सहित खाद्यान्न, लत्ताकपडा र ओड्ने ओछ्याउने समाग्री सहयोग गरेको छ । तुलशीराम ढुङ्गना र सृजना ढुङ्गनाको परिवारलाई पाँच थान सिरकडसना, अपाङ्गताभएका छोराछोरीको लागि पाँच थान ज्याकेट, ४ बोरा चामल, १ वोरा दाल, भुजा तेल र चाउचाउ सहयोग गरेको हो । सो परिवारलाई नगद ६ हजार पनि माउण्ट एभरेष्ट सेवा समाजले हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष इन्द्रबहादुर कटुवाल, उपाध्यक्ष शोभा क्षेत्री, सचिव इश्वरीप्रसाद रेग्मी, कोषाध्यक्ष प्रमिला भेटुवाल, सदस्य फुर्वा तामाङ, मुस्कान तामाङ लगायतले सो समाग्री संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा माउण्ट एभरेष्टका सदस्य तथा शुभेच्छुकहरुको भव्य उपस्थिती रहेको थियो । खाद्यन्यको समाग्रीका लागि आरति ट्रेटर्स धनकुटा सिधुवाबाट अनिशजंग सौजन्य गर्नुभएको थियो । कार्यक्रमको सन्चालन पत्रकार तेजन खड्काले गरेका थिए । सहयोगले जिवन यापनमा सहजता पुगेको ढुङ्गना दम्पत्तीले बताउनुभयो ।

यसभन्दा अघि यस संस्थाले मुलपानीमा रहेको इकु ‘सुलेमान शंकर’को वाल आश्रमलाई पनि ५१ हजार नगद सहित लत्ताकपडा साथै स्टेशनरी सामाग्री र एकदिनको लागि भोजन सहितको सहयोग साथै काभ्रेका मृगौला पीडितलाई २१ हजार नगद सहयोग समेत गरिसकेको छ ।

कार्यक्रमको फोटोफिचरः