छायाँकार बासु बरालले जिते ‘झल्को’बाट उत्कृष्ट छायाँकारको अवार्ड

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : आइतवार, माघ २७, २०७५

दोस्रो नेशनल पावर न्युज म्युजिक अवार्ड २०७५ बाट उत्कृष्ट छायाँकारको रुपमा म्युजिक भिडियो छायाँकार बासु बराल सम्मानित भएका छन् । ‘झल्को’ बोलको गीत अन्य गीतसँगै अवार्डको नोमिनेशनमा परेकोमा बरालले छायाँकन गरेको गीतमा उनले बाजी मारेका हुन् । पहिलो मायाँ आफ्नो, नामै काफी छ, मुखले ठिक्का पार्नेलाई, मखमली जस्ता चर्चित गीत बरालले छायांकन गरेका गरेर चर्चामा आएका हुन् । उनी म्युजिक भिडियोमा मात्र नभएर विभिन्न ठुलो पर्दाका चलचित्रमा समेत आफ्नो कला प्रस्तुत गरेका छन् ।

अवार्ड जित्न सफल गीत झल्कोमा चर्चित गायिका विष्णु माझी तथा प्रकाश पराजुलीको आवाज रहेको छ भने शब्द रमेश नेपाली र निशा गुरुङको रहेको छ । उक्त गीतमा सन्तोष खत्री र छिजु लामाले उत्कृष्ट अभिनय गरेका छन् भने यस गीतलाई स्वयं बासु बराले छायांकन गरेका हुने निर्देशन भने सन्तोष खत्रीको रहेको छ । यस गीतलाई पोष्ट प्रोडक्सन सम्पूर्ण फिल्म्सले गरेको छ । यो गीतलाई बुढासुब्बा म्युजिक प्रालिको युट्युव च्यानलबाट बजारमा ल्याइएको हो ।