सङ्गीत रोयल्टी संकलन समाज नेपालमा अमृत खाती निर्वाचित

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : आइतवार, माघ २७, २०७५

अहिलेका जल्दा बल्दा गायक तथा सर्जक अमृत खाती सङ्गीत रोयल्टी संकलन समाज नेपाल जस्तो गरिमामय सस्थाको केन्द्रीय सदस्य पदमा निर्बिरोध निर्वाचित भएका छन।चर्चित सङ्गीतकार महेश खड्का नेतृत्वमा सङ्गीतकार तर्फबाट अमृत खाती,शिरीष देबकोटा,बिक्रम राई, श्री कृष्ण बम मल्ल, पी एन सापकोटा त्यसै गरि गितकारको तर्फबाट चन्द्र शर्मा, बिपिन किरण,  सुबास रेग्मी, सुमन बैरागी र शशी शर्मा निर्वाचित भएका हुन ।

निर्बाचन सम्पन्न भए लगत्तै निबर्तमान अध्यक्ष वरिष्ठ सङीतकार सुरेश अधिकारी, प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली, निर्वाचन प्रमुखबाट प्रमाणपत्र बितरणका साथै सपथ ग्रहण सम्पन्न भएको छ । निर्वचित कार्यसमितिले अफ्नो पूरा कार्यकाल सङीतकर्मी, सर्जक, श्रष्ठाहरुको हितमा निरन्तर लाग्ने प्रतिबद्धता ब्यक्त ब्यक्त गरेको छ । सम्पुर्ण कार्यसमितिलाई हार्दिक बधाई ।