निर्धन उत्थान बैंकको आठौं अधिवेशन सम्पन्न अध्यक्षमा श्री भोजबहादुर लामिछाने

प्रकाशित मिति : शनिबार, माघ २६, २०७५

यही माघ २४ गतेका दिन भरतपुर चितवनमा नेपालको चर्चित बित्तिय संस्था निर्धन उत्थान बैंक अन्तरगतको अखिल नेपाल संघसंघ तथा बित्तिय श्रमिक संघको आठौं राष्ट्रिय अधिवेशन भब्यतापूर्वक सम्पन्न भएको छ । सो अधिवेशनको उदघाटन व्यवसायी तथा प्रमुख अतिथि  टोपबहादुर रायमाझीले  पानसमा दिप प्रज्वलनसहति गर्नुभएको थियो भने शुभकामना मन्तव्य कार्यकारिणी प्रमुख तथा सो बैंकका संस्थापक डा.हरिहरदेब पन्तका छोरा जनार्दनदेब पन्त, अन्टुफका उपाध्यक्ष तथा प्रदेश ३ का इन्चार्ज जय कार्की, संघसंस्था श्रमिक संघका अध्यक्ष राजन पाण्डे, वित्तिय कर्मचारी संघका धर्मप्रसाद खनाल लगायतका दर्जनौ संघसंस्थाका अतिथिहरुले अधिवेशन सफलताको शुभकामना मन्तब्य दिएका थिए ।

सोही दिन प्रारम्भ भएको बन्द शत्रले प्रतिवेदन पारित गरेपछि कानुनब्यवसायी बलराम अधिकारीको निर्वाचन टोलीले रातभरि लगाएर निर्वाचन सम्पन्न गरि हिजो माघ २५ गते दिउँसो विजयी नयाँ कार्यसमितिको घोषणा गरेको छ ।

निर्धन उत्थान बैंकको संघ संस्था तथा बित्तिय श्रमिक संघको आठौं राष्ट्रिय अधिवेशनले निर्बाचित गरेको राष्ट्रिय कमिति यसप्रकार छ स् अध्यक्ष श्री भोजबहादुर लामिछाने, बरिस्ठ उपाध्यक्ष  महेन्द्रप्रसाद चौधरी, उपाध्यक्ष द्वय दानबहादुर कुवर ,रामबाबु पंण्डित, महासचिब श्री कुशलबाबु नेपाल, सचिबद्वय श्री जिबलाल सुबेदी, श्री बखत बहादुर रावल, कोशाध्यक्ष कृश्ण राना र सदस्यहरुमा झबिन भण्डारी, सौरभ अधिकारी, बिशाल भुसाल, रामबिनय यादब, अर्चना झा, लक्ष्मी उप्रेती हुनुहुन्छ ।

राष्ट्रिय अधिवेशनको उद्धघाटन शत्रको सभापतित्व पूर्व अध्यक्ष ओम कोईरालाले र कार्यक्रमको संचालन मनोज अधिकारीले गर्नु भएको थियो । सो अधिवेशनमा १८८ वटा बैंक शाखाहरुको प्रतिनिधित्व गर्दै झण्डै ३०० जनाको सहभागिता रहेको थियो । अधिवेशन सौहार्द्र एवं सान्त बातावरणमा मलेवा पार्टी प्यालेसमा सम्पन्न भएको कुरा केन्द्रीय अध्यक्ष राजन पाण्डेले बताएका छन् ।