जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु ९ जना घाइते

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५

सिन्धुली/ सिन्धुलीको फिक्कल गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा वर्ष ४५ की शान्तिमाया श्रेष्ठ, फिक्कल ३, वर्ष ३६ कि लक्ष्मी विक, फिक्कल २, वर्ष ३७ कि लिलामाया विक, फिक्कल २, वर्ष ५५ का कुलमान तामाङ, फिक्कल ३ को घटनास्थलमै र वर्ष ३५ कि अनिता महत न्यौपाने, फिक्कल २ को उपचार गर्न लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

त्यस्तै उक्त घटनामा परी ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा वर्ष २६ को मान बहादुर सुनुवार चालक, वर्ष ४३ को दिपक सुनुवार फिक्कल २, वर्ष ४८ को दिपक श्रेष्ठ, फिक्कल ३, वर्ष ६६ कि गंगामाया विक, फिक्कल २, वर्ष ७५ कि चन्द्रमाया विक, फिक्कल २, वर्ष ४५ को राजेश सुनुवार, फिक्कल १, वर्ष ६० को नन्दलाल विक, फिक्कल २, वर्ष २३ को गणेश घिसिङ दुधौली न.पा १२ र १ जना नाम नखुलेको रहेका छन् ।