पछिल्लो समयमा दर्शकको मन जित्न सफल मोडल प्रकाशको चोला फेरियो (भिडियो)

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५

ओम शान्ति म्युजिक प्रा.लिको प्रस्तुतिमा “फेरिएछ चोला” बोलको लोक दोहोरी गीत सोही म्युजिक कम्पनीको आधिकारिक युट्यूब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

साजन पराजुलीको शब्द तथा लालकुमार बरालको लय रहेको उक्त गीतमा बहुचर्चित गायक रामजी खाँड र शान्ति रिजालको सुमधुर स्वर रहेको छ ।

साजन पराजुलीको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा पछिल्लो समय लगातार म्युजिक भिडियोहरुमा आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गर्दै लोकप्रिय बन्दै आएका मोडल प्रकाश सापकोटा र चर्चित मोडल मञ्जिता के.सीको उत्कृष्ट अभिनय रहेको छ भने भिडियोलाई बाशु बरालले छायांकन साथै मीन रावलले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस :