विवाह भएको ३ मिनेटमै डिभोर्स, कारण छ हैरान पार्ने, ईतिहासकै छोटो विवाह

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : शुक्रबार, माघ २५, २०७५

एजेन्सी/ विवाह भनेको सधैँ साथ रहनका लागि गरिने बाचा बन्धन हो । तर कहिलेकाहीं यो सम्बन्धमा फाटो आउने गर्छ र सम्बन्ध विच्छेद हुने गर्छ । यस्तै एक सम्बन्ध बिच्छेदको खबर बाहिर आएको छ, जुन एकदमै हैरान पार्ने किसिमको छ। एक जोडीको विवाहको ३ मिनेटमै डिभोर्स भएको छ ।

यो घटना कुवेतको भएको बताइएको छ । उनीहरुले त्यहाँको एक अदालतमा विवाह गरेका थिए । विवाहको रजिस्टरमा सही गरेको केही समयमा नै पतिले पत्नीलाई मूर्ख भनेपछि त्यही नै उनीहरुको डिभोर्स भएको हो । यो विवाहलाई कुवेतको इतिहासमै सबैभन्दा छोटो विवाह भएको बताइएको छ । उनीहरुको विवाह जम्मा तीन मिनेटको लागी मात्र टिकेको थियो ।