संगीतकार वसन्त थापाले भनेः ‘मैले रविलाई गाली गरेको हैन सिकेर गाउ भनेको हुँ’ (भिडियो सहित)

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बुधबार, माघ २३, २०७५

अष्ट्रेलियाको भ्रमणमा रहेका नेपाल आइडल सिजन २ का विजेता रवि ओड यतिवेला अर्को चर्चामा छन् । नेपाली लोक दोहोरी इतिहासमा नयाँ चर्चा बटुलेको तथा इतिहास रच्न सफल गीत ‘सालको पातको टपरी हुनी’ गीत एक स्टेज प्रोग्राममा उनले विगारेपछि उनको चारैतिर आलोचना हुन थालेको छ ।

कतिपयले वसन्त थापा चर्चामा आएकाले रविलाई हेपेर यस्तो कुरा गरेको आरोप समेत लगाउन पछि परेका छैनन् । तर वसन्तले भने आफूले रविको विरोध गरेको नभई उनले गरेको गलत कार्यको विरोध गरेको र उनलाई आफ्नो कमजोरी औंल्याई अगाडि बढ्न आग्रह गरेको बताए ।

गीत एक दुई ठाउँमा विग्रनु कुनै नौलो कुरा पनि होइन र सबै कुरामा सबै मान्छे पोख्त हुन्छ भन्ने पनि छैन । तर उनले गीतको स्थायी, मुखडा हुँदै अन्तिम अन्तरासम्म पनि कुनै तयारी गरेर गाए जस्तो देखिएन । हुन त यसअघि एपी वान च्यानलबाट प्रसारित रियालीटी शो नेपाल आइडलमा उनले कयौं पटक गीतको शब्दहरु विगारेर, विर्सेर नगाएका होइनन । एक पटकको कमजोरीलाई सबैले माफ गर्न सकिन्छ तर पटक पटक गरिएका यस्ता कमजोरीलाई दर्शक स्रोताले पचाउन गाह्रो हुन्छ ।

संगीत भनेको एउटा मनोरञ्जनको पाटो हो । यसले दर्शक स्रोताको मन, मुटु जित्न सक्नु पर्छ, मन छुन सक्नु पर्छ । हसाउँन सक्नु पर्छ, रुवाउन सक्नुपर्छ, वास्तवमा मन छुन सक्नुपर्छ । एक दुई कमजोरीलाई ढाक्न उनले गीत गाउने क्रममा माइक्रोफोनलाई दर्शकतिर सोझ्याए तर पटक पटक उनले त्यहि गल्ती दोहोर्याइरहे ।

यसै क्रममा यो घटनालाई लिएर सालको पातका संगीतकार तथा लोक गायक बसन्त थापाले फेसबुक वालमार्फत यस घटनाको आलोचना गरेका छन् । उनले आफू सर्जकहरुसँग अनुमति नलिई गाएको कुरामा दुखेसो पोखेका छन् भने रविले शब्द नै अदलबदल मात्र होइन गीतको भाव नै मेटाउने गरी गाएको टिप्पणी गरेका छन् ।

त्यहि सर्जकको गीत गाएर रातारात हिट हुने तर सर्जकसँग अनुमति नलिई एउटा चर्चित व्यक्तिले स्टेजमा गीत गाउने त्यो पनि विगारेर । यो कुरा किन्चित शोभनीय मानिदैन । हुनत नेपालमा यस्ता घटना नयाँ तथा नौला नभए पनि नियमन गर्ने निकाएको कमी खड्किएको छ । एउटा च्यानलबाट सार्वजनिक गरिएको गीत वा कुनै पनि सामग्रीलाई अर्को च्यानलबाट पुनः अपलोड गरिएमा कपी राइट अधिकार मार्फत त्यसलाई कार्वाही गर्ने अधिकार पनि हुन्छ तर नेपालमा यसतर्फ ध्यान जान सकेको छैन ।

यस घटनाबाट अरुले के सिक्न जरुरी छ भने फेरि पनि अरुको सिर्जनालाई अनुमति विना आफ्नो हिसावमा प्रस्तुत गर्ने र त्यसले दिन खोजेको मर्म, भाव र सन्देशलाई वलात्कार गर्ने यस किसिमका शैलीहरु नदोहोर्याउन सन्देश मिलेको छ । एकजना सेलिब्रेटीले आफ्नो हैसियतलाई उचाईमा पुर्याउनको लागि निकै नै मेहेनत गर्नुपर्नेहुन्छ । यसरी कच्चा प्रदर्शनले आफ्नो हैसियतलाई तल त झार्छ नै अरुको सिर्जनाको अपमान र गीत संगीतले दिन खोजेको सामाजिक सन्देश, मर्म, भावना र इतिहासलाई नामेट पार्ने काम नहोस् ।

किन गरे बसन्तले रविको आलोचना ? (भिडियो हेर्नुस)