श्रद्धाञ्जली

कविता (आस्था र विद्रोह कविता संग्रहबाट)

राजेश बान्तवा । प्रकाशित मिति : बुधबार, माघ २३, २०७५

श्रद्धाको फूल टिपेर
शहिदलाई हामी चढाउँछौं
दुःखको आँशु हाम्रो यो
शक्तिमा पक्कै बदल्छौं ।

नेपाली आकाश माथिको
तारा नक्षत्र जस्तै हौं
नेपाली धर्ती माथिको
उज्यालो प्रकाश जस्तै छौं ।

क्रान्तिको झण्डा उठाई
प्रतिज्ञा हामी गर्दछौं ।

न्यायको पक्ष लिएर
जनतालाई हामी ब्यूझाउँछौं
फलामे छाती लिएर
रक्तिम पथमा बढ्ने छौं ।

तिमीले हिडेको बाटोमा
लस्कर हामी लाग्ने छौं
अधुरो तिम्रो सपनालाई
पुरा गरी छाड्ने छौं

वीर अमर शहीदलाई
श्रद्धाञ्जली हामी चढाउँछौं ।