कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महासमितिबाट पारित विधान लगायत दस्तावेज पारित गर्ने

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बुधबार, माघ २३, २०७५

काठमाडौं/ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । बैठकमा गत पुसमा सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टी विधानलगायत दस्तावेज परिमार्जनसहति पारित गर्ने विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सोमबार सरकारको विरुद्धमा देशभर भएको प्रदर्शनका बारेमा समीक्षा हुने प्रवक्ता शर्माले बताए । बैठकले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति विघटन गर्ने वा महाधिवेशनका लागि समय थप्ने भन्नेबारे निर्णय लिने उनले बताए ।

नेविसंघमा नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको पाँच महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीले माघ २ गतेबाट नेविसंघलाई काम चलाउ बनाएको थियो ।