अपराजिता

बेलायती कथा

समरसेट मम प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५

जापान, चिन,भारत,बंगलादेश,श्रीलंका,पाकिस्तान,इरान, फ्रान्स,बेलायत ,रुसका लाब्ध्प्रतिस्थित कथाकारहरुको युरेसियाका कथा युरोप र एसियाका प्रसिद्ध कथाकारहरुको नेपाली अनुवादको कथा संग्रह हो । ।।विभिन्न परिवेशका श्रेष्ठ कथाहरुको संग्रहको एउटा कथा यहाँ हामीले साभार गरेका छौ । जापान, चिन, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इरान, फ्रान्स, बेलायत, रुसका लाब्ध्प्रतिस्ठित कथाकारहरुको प्रतिनिधि कथाको अनुबाद बहुप्रतिभाशालीप्रख्यात कथाकार तथा लेखक इस्मालीले गर्नु भएको हो भने प्रकाशन शिखा बुक्सले जेठ २०७३ सालमा गरेको हो । सोही पुस्तकबाट यो कथा कम्युनिष्ट अनलाईनमा प्रकाशित गरेका छौं -जय कार्की

(फ्रान्समा जन्मेका समरसेट मम (१८७४–१९६६) बेलायती (अङ््ग्रेजी) साहित्यकार हुन । नाटक ,उपन्यास , निबन्ध , नियात्रा लगायत कथामा समेत साधिकार कलम चलाउने यिनका ‘हल्लेका पातहरू ” र ममका बाह्र कथाहरू नामक दुई कथासंग्रहहरू लगायत एक दर्जनभन्दा पनि बढी कृतिहरू प्रकाशित छन । पेशाले चिकित्सक यिनी पहिलो विश्वयुद्धमा रेडक्रससँग मिलेर काम गरे । १९१६ मा यिनी बेलायतको गुप्तचर सेवामा प्रवेश गरे । १५ वर्षको उमेरदेखि लेख्न थालेका यिनी लिजा अफ ल्याम्बेथ उपन्यासको लोकप्रियताबाट हौसिएर डाक्टरी काम छाडी लेखनमै केन्द्रित भए । यिनका १० नाटक र १० उपन्यास तथा २ कथासंग्रह प्रकाशित छन ।)

 

कथा

फर्केर ह्यान्स भान्सामा आउँदा घरपटी भुईँमा लडेको थियो र ऐयाआत्था गरिरहेको थियो । उसकी पत्नी भित्तामा टाँसिएझैँ गरी उभिएकी थिई र ह्यान्सको साथी विलीतिर काँतर र त्रस्त दृष्टिले हेर्दैथी । टेबिलनिर आएर उसले गिलासमा बियर खन्यायो र एकै घुट््कोमा गिलास रित्याइदियो ।
“गति न पतिको पारिदिइछ तँलाई त !” विलीले हाँसो गर्दै भन्यो ।
हयान्सको अनुहारभरि नङले कोतरिएका डोबहरू थिए र तीबाट रगत रसाइरहेथे ।
“धन्य बाँचियो ! त्यो कुकुर्नीले त झण्डै मेरो आँखा झिकिदेकी ! ल, अब तँ जा । आरामले पल्टेकी छे ।”
केटीनिर जान विली हच्कियो तर हयान्सले खिल्ली उडाउला भन्ने डरले ऊ उठयो र अर्को कोठातिर गयो । तर ऊ निमेषमै फक्र्यो ।
“त्यो त इन्तु न चिन्तु लडिरहेकी छे ।” उसले भन्यो ।
“के भो त ?”
“यस्तो अवस्थामा म केही गर्न सक्दिनँ ।”
“तँ पुरुष त होस ?”
हयान्स र विलीले बाटो बिराएथे । यो गाउँमा आइपुगेपछि तिनले एउटा घरको ढोका ढक्््ढक्याए । युवतीले ढोका खोलिथी र ‘सोइसोँस’को बाटो सोद्धा उसले आफ्नो अज्ञानता अभिव्यक्त गरेकी थी तर पनि हयान्स ढोका घच्याडदै भित्र पसेथ्यो । घरमा त्यस युवतीकी आमाले सोइसोँस जाने बाटो भनिदिएकी थिई । त्यसैबेला हयान्सको आँखा भान्साको टेबिलमाथिको बियरको सिसीमा ठोक्कियो । सहसा उसलाई रक्सीको तलतलले छोप्यो । उसले रक्सी माग्यो । विलीले त्यसको मोल तिरिदिने सदासयता पनि सुनायो । हयान्सलाई चाहिँ साथीको यो सदासयता मन परेको थिएन । उनीहरू त विजेता न थिए । फ्रान्सउपर जर्मनीले आधिपत्य कायम गरिसकेको थियो । त्यसैले विजेताले मनलाग्दी कुरो लिन त्यसै पनि पाउँथ्यो ।
महिलाले दुई सिसी बियर झिकेर टेबिलमाथि राखिदिएकी थिई । विलीले खल्तीबाट बीस फ्रयाङ्क झिकेर उसलाई दियो । अनि दुबैजना त्यहीँ बसेर बियर पिउँदै आनन्दले गफ गर्न थालेथे ।
“तिमीहरू बाटो सोध्न आएका थियौँ र बाटो बताइदिई सकिएको छ । अब तिमीहरू यहाँबाट गइहाल ।” युुवतीले भनी ।
यसभन्दा पहिले हयान्सले युवतीतिर खास ध्यान दिएको थिएन । ऊ त्यस्ती राम्री पनि थिइन । आँखा कालो र नाक चुच्चो । अनुहार निकै पहेँलो थियो । राम्री नभए पनि उसमा एक किसिमको आकर्षणचाहिँ थियो ।
“जाऊँ अब, हिँड । “विलीले भन्यो ।
“अँ, लैजाऊ यसलाई ।” युवतीले थपी ।
“तँलाई म्वाइ नखाई त किन जान्थेँ !,” भन्दै ऊ युवतीतिर लम्क्यो । ऊतर्सिदै युवती पछाडि सरी । उसले युवतीका पाखुरा अँठयाउन भ्याइहाल्यो । छोरीलाई उसको पञ्जाबाट छुटाउन अघि लम्केको बाऊलाई उसले जोडले परतिर हुत्याइदियो र बाऊ डङरङ्ग पछारियो भुईमा । फेरि त्यसकी आमालाई झडकालेर उसले भित्तामा पु¥याइदियो अनि युवतीलाई लछार्दै अर्को कोठामा लग्यो ।
युवती टेबिल अघिल्तिर बसेर आलु ताछिरहेकी थी । हयान्सलाई देख्नासाथै ऊतर्सिदै उभिई ।
“फेरि आयौ तिमी ? ” उसको मुखबाट त्रस्तप्रश्न फुस्क्यो ।
“नडराऊ । हेर, मैले तिम्रा लागि रेशमी लुगा ल्याएको छु ।”
“लगिहाल यो । र तुरुन्त यहाँबाट गइहाल ! ”
हिँढनुको साटो हयान्स त्यहीँ बस्यो , “किन मसँग यस्तरी रिसाएकी ? मैले तिम्रो खासै केही बिगार त ग¥या छुइँनँ नि । त्यसबेला म मातेको थिएँ, नशामा । हुन त, त्यो हाम्रो विजयको उन्माद पनि थियो ।
युवती केही बोलिन ।
“तिम्रा आमा बा कहाँ छन ? ”
“खेतमा काम गर्दै होलान ।”
“मलाई भोक लागेको छ । रोटी र पनिर होला नि । एक गिलास बियर पनि । म पैसा तिरिदिन्छु । ”
युवती हाँसी, विद्रूपपूर्ण हाँसो । गएको महिनादेखि उसले पनिरको अनुहारसमेत देखेकी थिइन, न त कहिल्यै पेटभरि रोटी नै खान पाएकी थिई ।
“हाम्रा घोडा, गाई,सँुगुर, कुखुरा आदि सबै जनावरहरू लुटेर लगिसके ।” उसले भनी ।
“तर त्यसको दाम त तिमीहरूलाई तिरिएको छ नि ।”
“ती नोट निल्नु भएन । तिनको मूल्य नै के छ र ? कागतका खोस्टा हुन ती ।” ऊ रुन लागी ।
हेर, म खराब मानिस हुइँन ।” हयान्सले आत्मीयता दर्शाउँदै भन्यो ,” भोलि म तिम्रालागि मासु र पनिर लिएर आउँला ।”
“तिम्रा चिजबिज मेरालागि रौरब नर्कतूल्य छन । तिन्लाई यी हातले छुनुभन्दा पहिले म मर्नु उत्तम ठान्छु ।”
गाउँमा मनखुसी घुम्न फौजीहरूका लागि मनाही गरिएको थियो । त्यसैले ,एउटा कामको निहुँ पारेर दश दिनपछि हयान्स फेरि युवती कहाँ गयो । त्यसबखत युवतीका आमाबा पनि घरैमा थिए ।
“तपाईँहरूका लागि केही चिजबिज ल्याएको छु ।” भन्दै हयान्सले पोको फुकालेर त्यसबाट पनिर,मासु र माछाका प्याकेटहरू युवतीका आमाबाका सामु फिँजाइदियो । ती चिजबिज देखेर आमाको अनुहार चम्किलो देखियो । ऊतिर हेर्दै आमा मुसुक्क हाँसी । बाको अनुहारमा पनि परिवर्तन देखियो ।
ती चिजहरु देखेपछि अनेतकी आमाको आखाँमा आँसु भरियो । “तिमी निकै राम्रा छौ !” उसले भनी, “केही ल्याऊँ पिउनको लागि, तिर्खाएका होलाऊ ! “
“ अँ , हुन्छ ।” हयान्स बस्यो ,“अस्ति नै ल्याएको मासु मिठो लाग्यो ?”
“अँ , एकदम मिठो !”
“अर्कोपटक आउँदा फेरि ल्याउने कोसिस गरुँला । अनेतले पनि मन पराई ?”
“उसले त छुँदा नि छोइन ।”
एकछिन बसेर हयान्स हिँडेथ्यो । अर्कोपटक आउँदा घरमा अनेत उसको छेवैबाट अर्कोतिर लागी ।
“पख, म तिमीसँग केही कुरा गर्न चाहन्छु ।”
“भन ।”
“तिम्रो आमाबाको मन फेरिएको छ । उहाँहरू मलाई घृणा गर्नुहुन्न । तिमी किन नफेरिएकी ?”
ओढने हटाउँदै अनेतले उक्सिएको पेट उसलाई देखाई । सहसा उसलाई आफ्नो आँखामा विश्वास भएन, आश्चर्य प्रकट गर्दै भन्यो ,“तिमी भारी जिउकी छ््यौ ! ” धरमरिँदै अनेत नजिकैको मेचमा बसी र दुवै हातले पुर्पुरो छाम्दै हिक्का छोडेर रुन लागी । हयान्स भावविव्हल हुँदै ऊतिर लम्क्यो र आलिङ्गनमा बाँध्ने प्रयास गर्दै भन्यो, “मेरी प्यारी अनेत !”
तर्सिदै अनेत हत्तपत्त मेचबाट उठी , तिरस्कारपूर्वक उसलाई घचेडिदिई र भनी, “खबरदार, मलाई छुने हैन ! गइहाल यहाँबाट ।” कोठाबाट निस्केर ऊ बाहिर गई ।
अनेतका बारेमा सोच्दै रहयो हयान्स । उसको उक्सेको उदर घरिघरि हयान्सको आँखामा नाचिरहयो । उसप्रति उसलाई टीठ लागिरहेथ्यो । ऊ अब आफ्नी लाग्न थालेकी थिई । अनेतको पेटमा उसको बच्चा आकार लिँदो थियो । सहसा उसलाई लाग्यो कि अनेतसँग उसको पिरति बसिसकेको छ । उसका लागि यो एउटा नवीन अनुभूति थियो ।
“तिमी क्याथोलिक हौ ?” अनेतकी आमाले उसलाई एकपटक सोधेकी थिई ।
“अँ, र मेरो बुबा सम्पन्न व्यक्ति हुन । राम्रो घरबार छ हाम्रो । हामीसँग कार छ, रेडियो छ र घरमा टेलिफोन पनि छ ।”
अनेतका अल्पभाषी बाबुले भनेथे , “तिम्रो कुरा सुनेर मलाई खुशी लाग्यो । हाम्रो नि एक्लो छोरो थियो ,बित्यो । अनेत पनि यस घरबाट गई भने घर शून्य हुन्छ ।”
“तपाईँको संवेदनाको मलाई राम्रो हेक्का छ ।” हयान्सले भन्यो, “मैले पनि यसबारेमा बिचार गरेको छु । मेरो एउटा भाइ पनि छ । ऊ बुबासँग बस्नेछ र म यहाँ फ्रान्समा बसुँला । त्यसै पनि , फ्रान्समा काम गर्ने मिहिनेती मानिसहरूको अभाव छ ।”
आमाबाले परस्पर हेराहेर गरेको देख्दा अनेतलाई लाग्यो–उसका आमाबा यही कुरा चाहन्छन । छोराको मृत्युपछि उनीहरूको चाहना थियो कि कुनै दिन उनीहरूको ज्वाईँले यस घरमा छोराको ठाउँ लिनेछन र बुढेसकालमा खेतिपातीको काम सम्हालिदिएर बुढाबुढीका सहारा बन्नेछन ।
“त्यसो भए त यस बारेमा बिचार गर्न सकिएला ।” अनेतकी आमाले भनी ।
“चुप लाग ! ” अनेतले आक्रोशित हुँदै प्रतिवाद गरी अनि ज्वाज्जल्यमय नेत्रले हयान्सतिर हेर्दै भनी,“मेरो कुरोकानी एकजना शिक्षकसँग छिनिसकिएको छ र यस युद्धपछि हामी विवाह गर्र्छौ । ऊ तिमीजस्तो अग्लो लामघारे ,हृष्टपुष्ट र राम्रो त छैन; पुडको , पातलो र दुर्बल भएपनि उसको मुखमण्डल बौद्धिकताको आभाले दीप्त देखिन्छ । यही नै उसमा रहेको सौन्दर्य हो र उसको सबभन्दा ठूलो शक्ति भनेकै उसको आत्माको महानता हो । ऊ तिमीहरूझैँ बर्बर छैन , सभ्य र सुशील छ । हजारवर्ष पुरानो सभ्यता त उसले पैतृक निधिका रूपमा पाएको छ । म उसलाई अन्तःहृदयदेखि नै प्रेम गर्दछु र मेरो चाहना पनि उही हो । बुझ्यौ ?”
हयान्सको अनुहारमा निराशा पोतियो । ऊ गम्भीर भयो र शुष्क स्वरमा सोध्यो , “अचेल कहाँ छ त ऊ ?”
“ कहाँ हुन्छ ? जर्मनीमा । बन्दी जीवन बिताइरहेछ । तिमीहरू भने हाम्रो माटोमा खाईखेली सुँगुरझैँ मोटाएका छौ । ऊ भने त्यहाँ भोकै प्यासै सुकिरहेछ । ” अनि उठेर ऊ भान्सामा पसी ।
केही बेरसम्म त्यहाँ चकमन्न भयो । हयान्सले स्याम्पेनको बोतलतिर हेरिरहयो । अनेतकी आमाले नै मौनता बिथोली , “तिमी साँच्चै यससँग बिहे गर्न चाहन्छौ ? ”
“धरोधर्म, म यिनलाई प्रेम गर्दछु ।”
“अनि बिबाहपछि तिमी यहीँ बस्छौ ? घरज्वाइँ बनेर खेतिपाती सम्हाल्छौँ ? ”
“हुन्छ , म बाचा गर्छु ।” भनेर हयान्स त्यहाँबाट हिँडयो । अनेतका आमाबा उसका पक्षमा छन भन्ने त उसलाई थाहा थियो र यो कुरोले उसलाई खुशी लागेथ्यो तर अनेतले चाहिँ अरू कसैलाई चाहेकी ,प्रेम गरेकी उसलाई असैहय भइरहेको थियो । हुन त त्यो मान्छे कैदमा थियो । उसका लागि यो राम्रै कुरो थियो ।ऊ कैदबाट छुटुञ्जेलसम्म अनेत आमा बनिसक्छे अनि उसको मन फेरिनसक्छ ।
समय बित्दै गयो । बेलायत एकपछि अर्को मोर्चामा हार्दैथियो । त्यहाँका मान्छेहरू भोकभोकै मरिरहेथे । केही महिनापछि त सारा संसारभरि जर्मनीको आधिपत्य कायम हुने आशा गरिन्थ्यो । हयान्स साह्रै खुशी थियो । एकचोटि ऊ अनेतको बुबासँग उनीहरूको खेत हेर्न पनि गएको थियो । भविष्यमा केकस्ता वैज्ञानिक तरिकाहरू अपनाएर खेतीर्गे छ भन्ने योजनाहरू पनि उसले तिनलाई सुनाएको थियो । तर पनि अनेतको विचार –व्यवहार फेरिएको थिएन । हयान्स घरमा आएपछि आफ्नो कोठामा गएर ऊ एक्लै बसिरहन्थी र उध्रेका लुगाहरू सिइसाइ गर्ने वा टालटुलका अन्य काम गरिरहन्थी । एउटी आमाको अनुहारमा देखिने दीव्य दीप्ति उसको अनुहारमा पनि मुखरित भइरहेथ्यो ।
आउँदै गर्दा एकदिन उसले अनेतकी आमालाई वरै खेतमा भेटेथ्यो । उसले भनी ,“पियरगावाँ मरे छ ।”
“को पियरगावाँ ?”
“त्यही मास्टर ,जोसँग अनेत बिहे गर्न तम्सेकी थी ।”
“त्यो म¥यो भन्ने कुरो कसरी थाहा भयो ?”
“त्यसको एकजना साथी हिरासतबाट उम्केर भागेछ । अचेल ऊ स्विजरल्याण्डमा छ । त्यहीँबाट उसले अनेतलाई चिठ्ठी लेखेथ्यो । कैदीहरूसँगै पियर पनि मारियो । त्यसैले अब केही समयसम्म अनेतलाई तिमीले नभेटेकै राम्रो ।”
“म चाहन्छु , अनेतको कोखमा छोरै होस ।”
“छोरै हुन्छ । मलाई पूरा विश्वास छ ।”
दश दिनपछिको एकदिन अनेतका आमाबाले अनेतलाई अगाडि राखेर सम्झाए , “अब तिम्रो हठ त्यागिदेऊ , आखिर पियर बितिगो । हयान्स तिमीसँग विवाह गर्न हत्ते हालिराछ । यहाँ बसेर उसले खेतिपातीको काम पनि सम्हाल्ने छ । वितेका कुराहरू बिर्सिदेऊ । हेर न, कत्तिका चिजबिजहरू ल्याएर दिन्छ ।”
“तपाईहरूमा थोरै मात्रै पनि आत्मसम्मान र राष्ट्रप्रेमको भावना हुँदो हो त त्यसका चिजबिजले त्यसैको थुतुनोमा दनक दिनुहुन्थ्यो ।”
“ती चिजबाट तिमीलाई पनि त फाइदा भएको छ । ”
“अहँ ,कदापि हैन । ”
“तिमीलाई राम्ररी थाहा छ ,हयान्सले ल्याउने गरेको मासु , पनिर र अरू चिजबिजहरू तिमीले पनि खाएकी छ््यौ तर अर्को रूपमा । तिमीले पिउने गरेको सुपमा त्यो मासु मिसिएको हुन्थ्यो । सलाद र तरकारीमा हाल्ने तेल पनि उसैले ल्याउने गथ्र्यौ ।”
पश्चातापमा अनेतले दीर्घ निश्वास लिई र दुबै हातले आफ्नो अनुहार छोप्दै भनी, “अँ, थाहा छ मलाई । ती चिजबीज नखाऊँ भन्ने प्रयास पनि गरेँ मैले तर सकिनँ । भोकका अगाडि म बाध्य भएँ । हो, मैले उसले ल्याएको मासु र तेल खाएँ । खानामा ,ती चिजबिज मैले खाएको छुइँनँ , म भित्रको भोको पिशाचले खाएको हो ।”
“ तिमी जेसुकै भन तर ती चिजबिज तिम्रै पेटमा परेका हुन ।”
“धिक्कार छ मलाई । आफैँदेखि घृणा लाग्न थाल्यो मलाई त । जर्मनेहरूले पहिले तिनका टयाङ्क र हवाइजहाजहरूले हाम्रो आँट अँठयाएर र अब भोकले सेकाएर तिनीहरू हाम्रो साहस सुकाइरहेछन्् । ”
भोलिपल्ट हयान्स आयो । उसले उसलाई गम्भीर नजरले हेरी तर बोलिन । हयान्स मुसुक्क हाँस्यो ।
“मलाई खुशी लागेको छ किनकि मलाई देख्नासाथै अरू दिन झैँ तिमी अर्को कोठातिर लागिनौ ।” हयान्सले भन्यो ।
“यतिखेर मेरा आमाबा बाहिर कतै गएका छन्् । म तिमीसँग केही कुरा गर्न चाहन्छु । बस ।”
कोट फुकालेर बस्यो हयान्स ।
अनेतले भनी ,“मेरा आमाबा तिमीसँग मेरो बिहा गरिदिन चाहन्छन । तिमी साह्रै बाठा छौ । खानपिनका चिजबिजहरू दिएर तिमीले उहाँहरूको मन जितिसकेका छौँ तर म प्रष्ट शब्दमा भन्दै छु कि म तिमीसँग कहिल्यै पनि बिहे गर्ने छुइँनँ ।”
“अनेत ,” हयान्सले भन्यो , ”म तिमीलाई प्रेम मात्र गर्दिनँ, तिमीउपर गर्व पनि गर्दछु । अब पियर पनि त रहेन भने मसँग बिहा गर्न तिमीलाई केको आइतबार ? ”
“जर्मनेहरूले उसलाई जेलभित्रै गोली हानेर मारेका हुन ।”
“यसप्रति मलाई खेद छ ।”
“तिमी जर्मनेली हौ र म फ्रान्सेली । यो कुरो म कहिल्यै बिर्सन सक्दिनँ । म अरू जोसुकैसँग बिहे गर्नसक्छु तर तिमीसँग गर्दिनँ । त्यसैले तिमी यहाँबाट सदाका लागि गइहाल र फर्केर कहिल्यै पनि न आऊ ।”
“तर यो बच्चो त मेरो पनि हो । म यसलाई चाहन्छु । ”
“तिम्रो ?” अनेतले आजित हुँदै भनी ,“मातेको बेलामा तिमीले जे ग¥यौ त्यसैको परिणाम हो यो । अनि, यसमा तिम्रो केको चासो ?”
“तिमी बुझ्दिनौ । मैले जब थाहा पाएँ कि तिम्रो कोखमा मेरो सन्तान छ, अनि त एकाएक तिमीप्रति मेरो मनमा पिरती पलायो । यो बच्चा मेरा लागि सबथोक हो ।”
अनेतले उसलाई ध्यान दिएर हेरी । उसको आँखामा अनौठो किसिमको आभा थियो ,मानौ त्यो विजयको आभा हो ।
“मलाई थाहा छ, छोरै हुने छ । ” हयान्सले भन्यो ,“यसलाई म आफ्नो काखमा खेलाउन आतुर छु ।”
“तिमी मेरो शत्रु हौ र सँधै शत्रु नै रहने छौ ।” अनेतले गम्भीरतापूर्वक भनी ,“म फ्रान्सलाई स्वतन्त्र भएको देख्न चाहन्छु । र, यो निश्चित रूपले हुने छ पनि । जसले मेरो देशउपर हमला गरेकाछन , ती सँग म कहिल्यै पनि सम्झौता गर्न सक्दिनँ । तिमीसँग र तिम्रो यस सन्तानसँग पनि मलाई एकदम घृणा छ । ” यति भनेर ऊ बाहिर निस्की ।
जर्मनेली फौजहरू फ्रान्सबाहिर पठाइँदै थिए । तिनीहरू रूस जाँदैछन्् भन्ने हल्ला थियो । हयान्स धेरै दिनसम्म निकै व्यस्त रहयो , त्यसैले अनेतकाँ पनि जान भ्याएको थिएन ।
अनेतकाँ गएको दिन उसकी आमाले प्रसन्नतापूर्वक भनी , “आज बिहानै अनेतले छोरो पाई ।”
हयान्स खुशीले फुरुङ प¥यो । भन्यो ,“आइतवार जन्मेको बच्चा निकै भाग्यमानी हुन्छ । लौ ,यस खुशीमा स्याम्पेन चलाऊँ । अनेतको स्वास्थ्य कस्तो छ ? ”
“एकदम ठीक छ । बच्चाको कपाल तिम्रो जस्तो बाक्लो र सुनौलो छ , आँखापनि ठीक छ । बच्चाको कपाल तिम्रो जस्तै नीलो छ । ठूलो भएपछि काटीकुटी तिमी जस्तै हुने छ । ”
” आहा, म कति खुशी छु ! ” हयान्सले भन्यो ,“संसार कति सुन्दर छ । अनेत कहाँ छे ? म अहिल्यै ऊसँग भेटन चाहन्छु ।”
“शायद अहिले ऊ तिमीसँग भेटन नरुचाउली ।”
“बच्चा त कमसेकम देखाउनूस ।”
“अहिल्यै ल्याउँछु ।”भन्दै ऊ छोरीको कोठामा गई तर आत्तिँदै तुरुन्तै फर्की ,“कोठा त रित्तै छ । आमा र बच्चा दुवै छैनन ।”
घरमा सबैतिर खोजियो । कतै पनि रैनछन ।
आशंकित आमाले हठात भनी,“आऊ , मसँग हिँड त ।” घरभन्दा परको कुलोतर्फ जान भनी उनीहरू के निस्केथे ,आँगनबाटै उनीहरूले अनेतलाई घर फर्कदै गरेको देखे । चिसोले गर्दा उसको अनुहार फुङग उडेजस्तो फुस्रो भइसकेको थियो ।
“कहाँ पुगेर आएकी तिमी ?” आमाले सोधी ।
अनेत केही बोलिन । आमाको हात पञ्छाउँदै हयान्सको अघिल्तिर उभिँदै भनी ,“एकदम ठीक समयमा आयौ तिमी ।”
“बच्चा खोई त ?” आमाले चिढिँदै सोधी ।
“मैले उसलाई कुलोमा डुबाइदिएँ । त्यसको प्राणपखेरु नउडेसम्म डुबाइराखेँ अनि आखिरीमा त्यहीँ बगाइदिएँ । ”
हयान्सको अन्तःहृदयबाट आर्त स्वर निस्कयो , अतिशय पीडायुक्त आर्त स्वर । दुबै हातले उसले आफ्नो अनुहार छोप्यो र लरखरिँदै आँगनबाट बाहिर निस्क्यो । भाउन्न भएर अनेत त्यहीँको मेचमा टुसुक्क बसी र मुख छोपेर क्वाँ क्वाँ रुन थाली ।

“मलाई थाहा छ, छोरै हुने छ । ” हयान्सले भन्यो ,“यसलाई म आफ्नो काखमा खेलाउन आतुर छु ।”
“तिमी मेरो शत्रु हौ र सँधै शत्रु नै रहने छौ ।” अनेतले गम्भीरतापूर्वक भनी ,“म फ्रान्सलाई स्वतन्त्र भएको देख्न चाहन्छु । र, यो निश्चित रूपले हुने छ पनि । जसले मेरो देशउपर हमला गरेकाछन , ती सँग म कहिल्यै पनि सम्झौता गर्न सक्दिनँ । तिमीसँग र तिम्रो यस सन्तानसँग पनि मलाई एकदम घृणा छ । ” यति भनेर ऊ बाहिर निस्की ।
जर्मनेली फौजहरू फ्रान्सबाहिर पठाइँदै थिए । तिनीहरू रूस जाँदैछन्् भन्ने हल्ला थियो । हयान्स धेरै दिनसम्म निकै व्यस्त रहयो , त्यसैले अनेतकाँ पनि जान भ्याएको थिएन ।
अनेतकाँ गएको दिन उसकी आमाले प्रसन्नतापूर्वक भनी , “आज बिहानै अनेतले छोरो पाई ।”
हयान्स खुशीले फुरुङ प¥यो । भन्यो ,“आइतवार जन्मेको बच्चा निकै भाग्यमानी हुन्छ । लौ ,यस खुशीमा स्याम्पेन चलाऊँ । अनेतको स्वास्थ्य कस्तो छ ? ”
“एकदम ठीक छ । बच्चाको कपाल तिम्रो जस्तो बाक्लो र सुनौलो छ , आँखापनि ठीक छ । बच्चाको कपाल तिम्रो जस्तै नीलो छ । ठूलो भएपछि काटीकुटी तिमी जस्तै हुने छ । ”
” आहा, म कति खुशी छु ! ” हयान्सले भन्यो ,“संसार कति सुन्दर छ । अनेत कहाँ छे ? म अहिल्यै ऊसँग भेटन चाहन्छु ।”
“शायद अहिले ऊ तिमीसँग भेटन नरुचाउली ।”
“बच्चा त कमसेकम देखाउनूस ।”
“अहिल्यै ल्याउँछु ।”भन्दै ऊ छोरीको कोठामा गई तर आत्तिँदै तुरुन्तै फर्की ,“कोठा त रित्तै छ । आमा र बच्चा दुवै छैनन ।”
घरमा सबैतिर खोजियो । कतै पनि रैनछन ।
आशंकित आमाले हठात भनी,“आऊ , मसँग हिँड त ।” घरभन्दा परको कुलोतर्फ जान भनी उनीहरू के निस्केथे ,आँगनबाटै उनीहरूले अनेतलाई घर फर्कदै गरेको देखे । चिसोले गर्दा उसको अनुहार फुङग उडेजस्तो फुस्रो भइसकेको थियो ।
“कहाँ पुगेर आएकी तिमी ?” आमाले सोधी ।
अनेत केही बोलिन । आमाको हात पञ्छाउँदै हयान्सको अघिल्तिर उभिँदै भनी ,“एकदम ठीक समयमा आयौ तिमी ।”
“बच्चा खोई त ?” आमाले चिढिँदै सोधी ।
“मैले उसलाई कुलोमा डुबाइदिएँ । त्यसको प्राणपखेरु नउडेसम्म डुबाइराखेँ अनि आखिरीमा त्यहीँ बगाइदिएँ । ”
हयान्सको अन्तःहृदयबाट आर्त स्वर निस्कयो , अतिशय पीडायुक्त आर्त स्वर । दुबै हातले उसले आफ्नो अनुहार छोप्यो र लरखरिँदै आँगनबाट बाहिर निस्क्यो । भाउन्न भएर अनेत त्यहीँको मेचमा टुसुक्क बसी र मुख छोपेर क्वाँ क्वाँ रुन थाली ।