छक्क परेहोला तिनी

कविता

कृष्ण शर्मा सुमु हाल सिलिगुडी ,दार्जिलिङ प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५

हाम्रो उदासीनता देखि,
लाज पचाएर भाँडा घोप्टयाएको देखि,
जाति अस्मिताको रङ हराएदेखि,
भकानोमा ठूलो चोट बोकेदेखि,
उदाङ्गो परेको एउटा स्वभिमान देखि
छक्क परे होला तिनी।

खुकुरी दापमा खिया परेदेखि,
ढाका टोपीले पसिना पुछेदेखि
भाषा माथिको प्रयोग गरे देखि,
गीतमा बेसुर थपे देखि
छक्क परे होला तिनी।

चटान फुटाई बेसी बनाउने हामी,
पहाड खनि बाटो बनाउने हामी,
बन्जर भुमिमा लहलह चिया उमार्ने हामी
सिन्कोना,अदुवा,सुन्तला,रोप्ने हामी,
तर छैन अझैसम्म शिरमा टोपी,
छक्क परे होला तिनी।

पुर्खाले पहाड गर्जाए,
धर्ती थर्काए,वीर लेखाए
हामी दुलोमा म्याउ गर्ने भयौं
अझै थाङ्ग्रामा चढने लहरा भयौं ,
अरुको सहारा नपाई उठनु नसक्ने भयौं ,
ईतिहास पढदै छन अझै हाम्रो अरुले,
हामी सानू कुरामा भाग्ने भयौं ,
आफ्नै गाथाहरु भुलेर हामी,
अरुको जय जयकार गर्ने भयौ,
छक्क परे होला तिनी।।