मधेस झलमल हुनेगरी विकासका योजना ल्याउँदा कसरी मधेश विरोधी हुन्छः प्रधानमन्त्री ओली

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : आइतवार, माघ २०, २०७५

सिराहा/ मधेसमा अनेक प्रकारका हल्लाहरु र नकारात्मक लहर चलेका बेला नेकपालाई राम्रो समर्थन जनाउने सिराहा जिल्ला भएको नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बताएका छन् । उनले शनिबार १५ औँ हेमनारायण स्मृतिसभामा सम्बोधन गर्दै सिराहा सिराहाली जनतालाई विशेष धन्यवाद दिएका थिए । प्रधानमन्त्री ओलीले भने, ‘सिराहा जस्तै मधेसका अरु जिल्ला पनि विस्तारै बुझ्दै जानेछन्, तर कसरी बुझेनन् मलाई अच्चम लाग्छ । मधेस विकासका लागि हरेक क्षेत्रमा योजना ल्याएका छौँ । काठमाडौंसँग तराई जोड्ने द्रुत मार्गदेखि देशकै ठुलो अन्तर्राष्ट्रिय विमानस्थल मधेसमा नै बन्दै छ ।’

मधेसको जीवनरेखा भनिने हुलाकी मार्ग सप्तरीमा मेडिकल कलेज, कमला कोसी डाइभर्सनमाफर्पत सिँचाई जस्ता मधेस विकाससँग जोडिएका मुद्दामा यो सरकारको प्राथमिकता रहेको उनले बताए । ‘मधेसमा झलमल्ल बनाउने गरी विकासका योजना ल्याउने कसरी मधेस विरोधी हुन सक्छ भन्दै उनले तीन महिनभित्र जनकपुरको विमानस्थल झलमल्ल हुने र रात्रिकालीन उडान सुरु हुने बताए । यो समाचार आजको नागरिक दैनिकको हो ।