जनताको जीवनमा लागु हुनेगरी चिकित्सा शिक्षा विधेयक ल्याइएको : सभापति घर्ती

प्रकाशित मिति : शनिबार, माघ १९, २०७५

रोल्पा । शिक्षा तथा स्वास्थ्य समितिको आयोजना र संसद सहयोग परियोजना युएनडीपीको सहकार्यमा शिक्षा सम्बन्धी माैलिक हक कार्यान्वयनका चुनौतिहरु र समाधानका उपाय बिषयक अन्तरक्रिया कार्यक्रम लिबाङ, रोल्पामा चलिरहेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता समितिका सभापति मा.जयपुरी घर्तीमगरले गर्नु भएको छ ।

संघीय संसद सदस्यरहरु, सचिवालयका सचिव, उप-सचिव, प्रदेशसभा सदस्यहरु, नगर र गाउँपालिका प्रमुख/उप- प्रमुखहरु, जिल्ला, प्रदेश र स्थानीय कार्यालय प्रमुखहरु र आधारभुत र माध्यमिक विद्यालयका प्राचार्यहरुको सहभागिता रहेको छ र उक्त कार्यक्रमको अध्यक्ष घर्तीले भन्नु भो स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहुँचमा पुर्याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताएका छन् ।