बुढानिलकण्ठ नगरपालिकाद्वारा श्रम सम्बन्ध समन्वय समिति गठन

राजेन्द्र रुम्बा । प्रकाशित मिति : शुक्रबार, माघ १८, २०७५

हातिगौंडा, काठमाडौं/ बुढानिलकण्ठ नगरपालिका श्रम सम्बन्ध समन्वय समितिका कार्यसमिति बुढानिलकण्ठ नगरपालिकाद्वारा आयोजित श्रम सम्बन्ध समन्वय समिति गठन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुख कार्यक्रमका प्रमुख अतिथी नगरपालिकाका मेयरले नयाँ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन नेपाल सरकारले घोषणा गर्नुमा ट्रेड युनियनहरुको गहन भुमिका रहेको कुरा खुलेर प्रशंसा गर्दै श्रमिक मजदुरहरुलाई पञ्जिकरण गर्ने कुरामा सधैं अग्रहणी भुमिका निर्बाहा गर्ने कुरा बताउनु भयो भने जिफण्टका अध्यक्ष बिनोद श्रेष्ठले अनेकतामा एकतासङ्गै यो नेपाल सरकारबाट घोषित श्रम ऐन र सामजिक सुरक्षा जस्ता महत्वपुर्ण उपलब्धिलाई संस्थागत गर्दै कार्यन्वयनमा सबैले जोड दिनु पर्ने कुरा बताउनु भयो । अन्टुफ उपाध्यक्ष जय कार्कीले पनि हामी तीनवटै महासंघ र अन्य पेशागत संघ संगठनका संघर्षमय लडाईबाट प्राप्त उपलब्धिलाई जस्तो सुकै जटिल मोडहरु आई परे पनि ती चुनौतीलाई चिर्न महासंघ र युनियनहरुको ऐक्यबद्धताबाट मात्र सम्भव रहेको कुरा बताउनु भयो । काउन नेपालका महासचिव प्रदिप आचार्यले पनि सबै महासंघ र युनियनहरु श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यन्वयनमा ऐक्यबद्धताबाट टाढा हुनु नहुने कुरा बताउनु भयो ।

बुढानिलकण्ठ नगरपालिका श्रम सम्बन्ध समन्वय समितिका कार्यसमिति
बुढानिलकण्ठ नगरपालिकाद्वारा आयोजित श्रम सम्बन्ध समन्वय समिति गठन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल, नगरपालिकाका प्रशासकीय अधिकृत प्रदिप पौड्याल लगायत जिफण्टका अध्यक्ष बिनोद श्रेष्ठ, क्युपेकका महासचिव गोपाल कार्की, काठमाडौ जिल्ला अध्यक्ष बोम बहादुर राई, अन्टुफका उपाध्यक्ष जय कार्की, अन्टुफ प्रदेश नं.३ का अध्यक्ष पिताम्बर गिरी, एएनसिडब्लुयुका अध्यक्ष अमित लामा, उपाध्यक्ष कमल न्यौपाने, उपमहासचिव राजेन्द्र रुम्बा, काठमाडौ जिल्ला उपाध्यक्ष दिनेश सुब्बा र काठमाण्डौ महानगरपालिका अध्यक्ष जीवन राई, काउन नेपालका महासचिव प्रदिप आचार्य र कोषाध्यक्ष दिपेन्द्र बस्नेतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो ।

बुढानिलकण्ठ नगरपालिका श्रम सम्बन्ध समन्वय समितिका कार्यसमिति सदस्यहरु जम्मा ९ जना रहेका छन ।