प्रदेश स्तरीय योजना निर्माण गर्दै अन्टुफको बैठक सम्पन्न

प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५

फागुन १५ गते, अन्टुफप्रदेश ३ को बैठक समापन पश्चातको तस्बिर

अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश ३ कोे बैठक अन्टुफ उपाध्यक्ष तथा इन्चार्ज जय कार्की, संगठन विभाग प्रमुख तथा महासचिव जगत सिम्खडा,उपमहासचिव तथा परिषद इन्चार्ज सालिकराम काफ्ले, उपमहासचिव तथा महिला विभाग प्रमुख विष्णु थापाको उपस्थितिमा विहंगम विश्लेषण गर्दैै डेढ महिनाको प्रदेश स्तरीय योजनाको निर्माण गर्दै सम्पन्न भएको छ ।
बैठक प्रदेश ३ का अध्यक्ष पिताम्बर गिरीको अध्यक्षतामा बस्यो । सो बैठकलाई उपाध्यक्ष जय कार्की, महासचिव जगत सिम्खडा, उपमहासचिव सालिकराम काफ्ले, महिला विभाग प्रमुख विष्णु थापा लगायतले कार्ययोेजनालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने र जटिल प्रकारको योजना बनाउनु पनि नहुने र पारित कार्ययोजनालाई तोकेकोअवधिमा पूरा गर्नुुपर्ने र जस्ले कार्यविभाजन अनुसार काम गर्दैनन उनीहरुलाई विदा दिनुपर्छ भनि सचेत गराएका छन्् ।
संगठन निर्माणका समयमा अन्य विषयलाई उठाउनुभन्दा पनि संगठन निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा उपस्थित सहभागीहरुको सुझाव रहेको छ । बैठकमा उपाध्यक्षहरु रामचन्द्र कार्की, होमबहादुर खड््का, सरला धमला, संगम केसी, सवित्री पौडेल, मानहादुर थिङ,बेद
मुडभरी,विष्णु राना लगायतले सम्बन्धि पेसागत संगठन र जिल्लागत प्रगति र समश्याका बारेमा मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


अध्यक्ष पिताम्बर गिरीले प्रस्तुत गरेको योजनामाथि व्यापक छलफल गरी ४५ दिन लामो श्रृंखलाबद्धरुपमा प्रदेश स्तरीय पेसागत संगठनहरुको गठन, जिल्लागत संगठनको निर्माण तथा महानगर उपमहानगर, नगरपालिका तथा गाउँपालिका स्तरीय संगठन निर्माण र विविध समसामयिक विषयमा प्रशिक्षण संचालन गर्ने दूरदर्शी योजनाहरु निर्माण गरेको छ । ४५ दिने योजनाको लगातार अनुगमन गरिरहने पनि अध्यक्ष गिरीले बताएका छन् ।