प्रदेश ३ अन्टुफ महिला कमिटीको बैठक सम्पन्न प्रदेश स्तरीय ४५ दिने कार्ययोजना पारित

प्रकाशित मिति : मङ्लबार, फाल्गुन १४, २०७५

प्रदेश ३ को अन्टुफ महिला कमिटी बैठक पश्चात सामूहिक तस्बिरमा

अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश ३ को महिला कमिटीको बैठक मार्च आठको तयारीका जुट््ने तत्परताका साथ नयाँ योजना पारित गर्दै सम्पन्न भएको छ ।
आजको बैठकले मार्च आठ भव्यतापूर्वक मनाउँने, प्रदेश ३ को सबै जिल्लाहरुमा महिला कमिटी गठन गर्ने, जिल्ला तथा नगर र गाउँपालिका स्तरमा समेत ४५ दिनभित्रमा कमिटी गठन गरिसक्ने कार्य योजना निर्माण गरेको छ । प्रदेश कमिटीकोे सदस्य संख्या ११ देखि २१ जनाको बनाउने र जिल्ला कमिटीहरु पनि सोही तरिकाले गठन गर्ने भएको छ ।
बैठकले प्रदेश ३ मा मार्च आठ मनाउँने, सामाजिक सुरक्षा ऐन तथा सामुहिक सौादावाजी सम्वन्धी प्रशिक्षण संचालन गर्ने, पहिलो चरणमा अन्टुफ जिल्ला कमिटीहरु गठन गर्ने भनि कार्य विभाजन पनि गरेको छ । प्रदेश ३ की महिला कमिटी इन्चार्ज संगिता बानियाले ४५ दिनभित्रमा मुख्यत ११ वटा जिल्लामा महिला विभागलाई क्रियाशील बनाई सक्ने र दोश्रो चरणमा स्थानीय तहमा संगठन विस्तार गर्ने बताएकी छन्् ।
बैठकमा प्रदेश ३ का इन्चार्ज जय कार्की, प्रदेश ३ का अध्यक्ष पिताम्बर गिरी र केन्द्रीय महिला कमिटी प्रमुख विष्णु थापाको उपस्थिति रहेको थियो ।