भारतीय वायुसेनाद्वारा पाकिस्तानमा हमला सुरुः दुई देशबीच युद्धको सुत्रपात

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : मङ्लबार, फाल्गुन १४, २०७५

एजेन्सी/ भारतीय वायु सेनाले पाकिस्तानीमा हमला सुरू गरेको छ ।

मंगलबार भारतीय लडाकू जेट विमानले पाकिस्तानको सीमा क्षेत्रमा हमला गरेको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले हमलापछिको केही तस्विर पनि ट्वीट गर्दै यस घटनाको पुष्टि गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सेनाले एलओसीको आतंकी क्याम्पमा १००० किलो बम खसालेको हो ।

भारतको १२ मिराज २००० जेट विमानले एक हजार किलो बम खसालेको बताइएको छ । भारतीय वायुसेनाले भने यसबारेमा पुष्टि गरेको छैन । १४ फेब्रुअरीमा भारतको जम्मू–कश्मीर राज्यको पुलावामा भएको ठूलो आतंकवादी आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो ।