राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विद्येयक बहुमतले पारित

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५

काठमाडौं/ राष्ट्रियसभाको बिहीबार बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बीचमा राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक बहुमतले पारित भएको हो । बैठकमा कांग्रेस सांसदहरु उठेर विरोध गरिरहेको अवस्थामा अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छलफलका लागि पेश गरेका हुन् ।

अब राष्ट्रपतिले प्रमाणित गरेपछि विधेयक लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो । बिहीबारको बैठकभरि नै नेपाली कांग्रेसका सांदिहरु उठेर विद्येयकको विरोध गरिरहेका थिए ।