टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज : नेपालले आज घरेलु टोली यूएईसँग खेल्दै

कम्युनिष्ट अनलाईन । प्रकाशित मिति : बिहिबार, माघ १७, २०७५

युएई/ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज जितेको नेपाल टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत आज घरेलु टोली यूएईसँग पहिलो खेल खेल्दैछ ।

दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा हुने तीन  टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेल आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

स्थानीय समय अनुसार दिउँसो १ बजे देखि सुरु हुने छ ।