चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि बहुमतले पारित

प्रकाशित मिति : सोमवार, माघ १४, २०७५

काठमाडौं/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पारित भएको छ । आइतबार मन्त्री पोखरेलले पेश गरेको विधेयक संसदको बहुमतले पारित गरेको हो ।

विधेयक पारित हुँदै गर्दा कांग्रेस सांसद्हरूले रोष्टम अगाडि नाराबाजी गरिरहेका थिए । संघीय संसदको प्रतिनिधिसभाबाट शुक्रबार पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ राष्ट्रियसभामा आज पेस भएको थियो ।

पुनः सुरु भएको बैठकमा पनि नेपाली कांग्रेसका सांसदहरुले आफ्नो स्थानमा उभिएर विरोध गरेपनि अध्यक्षले तिमल्सिनाले सचिवलाई विधेयक टेबुल गर्न आदेश दिएका थिए । त्यसपछि भने कांग्रेसका सांसदहरु रोष्टम अगाडि पुगेर नाराबाजी गरेका थिए । विधेयक टेबुल भएसँगै बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ ।