टिक-टकले कोहीलाई सेलिब्रेटी बनाउछ, कोहीलाई यसरी खतरा निम्त्याउँछ

प्रकाशित मिति : शुक्रबार, माघ ११, २०७५

काठमाडौं- विज्ञान प्रविधिको विकाससँगै पछिल्लो समय सामाजिक सञ्जाल निकै लोकप्रिय बन्दै गएको छ । अहिले सामाजिक सञ्जाल एक प्रकारका व्यक्तिका लागि जीवनकै अभिन्न अंगजस्तै भएको छ ।

युवकयुवती मात्र नभई बालबालिका र प्रौढ अवस्थाका पनि सामाजिक सञ्जालमा अभ्यस्त भइरहेका छन् । साथीसंगीसँग निकट हुन, आफ्ना भावना अरूसम्म पुर्‍याउन मात्र नभएर अपराधीदेखि सेलिब्रेटिसम्म सामाजिक सञ्जालले बनाएको छ । सामाजिक सञ्जालमा विवास्पद कुरा गरेकै भरमा हिट हुन खोज्ने पात्रहरू पनि कमी छैनन् ।

समाजमा व्यक्तिगत पहिचान बनाउनेदेखि व्यावसायिक सम्बन्धको विकास गर्न पनि सामाजिक सञ्जालकै प्रयोग हुने गरेको छ । फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल त सूचनाको प्रभावकारी माध्यम समेत बनेको छ । सामाजिक सञ्जालमा भाइरल भएका सामग्री सञ्चार माध्यमका हेडलाइनदेखि सम्पादकीयसम्म बनेको पाइन्छ ।

सामाजिक सञ्जालले अपरिचित मान्छेलाई नजिकको साथी बनाएको छ भने आफ्नो नजिकको साथीलाई टाढा पनि बनाएको छ । साथीसँगको भेटघाट, पाटीदेखि मिटिङमा समेत उदोमुन्टो लगाएर एकोहोरो मोबाइलमा हेरिरहेका हुन्छन् आजभोलि ।

घरमा नातागोता आउँदा बोल्ने फुर्सद समेत हुँदैन सामाजिक सञ्जालका नशा चढेकाहरूलाई । सामाजिक सञ्जालमा रमाउन पाएपछि को आए रु को गए रु केही वास्ता हुँदैन । के यसले व्यक्तिलाई एकलकाटे पनि बनाइरहेको त छैन रु वास्तविक समाज र दुनिया भन्दा परको ‘भर्चुअल’ समाजमा हामी रम्न थालेका त छैनौं रु यो सोच्नै पर्ने हुन्छ ।

लोकप्रिय बन्दै ‘टिक(टक’

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिक(टक’ लोकप्रिय बन्दै गएको पाइन्छ । १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । सन् २०१६ देखि चीनबाट सुरु भएको टिक टकले घर(घरमै कलाकार भएको अनुभूति हुन्छ ।

ठुलो पर्दामा गनिएका कलाकार पनि टिक(टकमा झुमेको पाइन्छ । कुनै गीत हिट भए नभएको सङ्केत पनि टिक(टकले दिन थालेको छ । जुन गीतको टिक टकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिन्छ ।

खाना खाँदादेखि अफिसमा काम गर्दा समेत टिक टक बनाएको पाउँछौँ । त्यति मात्रै होइन कुनै मान्छेलाई आपत्ति पर्दा समेत टिक(टक बनाएको देखिन्छ । केटाकेटी, युवा युवती र बूढाबूढीले समेत टिक टक बनाउँछन् ।

टिक(टकबाटै नायिका

टिक(टकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । संघर्षको सुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई धेरै फाइदा गरेको देखिन्छ । त्यसबाट आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त भएको छ ।

नेपाली सिने क्षेत्रबाट छलाङ्ग मार्दै नायिका एलिना बासकोटाले टिक(टककै कारणले साउथ इण्डियन मुभिमा पुगेकी छिन् । टिक–टकमा केही समय अघि आफ्नो भिडियो राखेपछि साउथ इण्डियन मुभिका कोरियोग्राफरले प्रभावित भएर फिल्ममा आइटम डान्सको प्रस्ताव गरेको छ ।

आफूले पनि उक्त प्रस्ताव स्वीकार गर्दै साउथ इण्डियन फिल्मको यात्रामा आफ्नो पाइला अघि सारेको नायिका एलिनाले बताएकी छिन् । त्यस्तै टिक टकबाटै भाइरल भएकी रेश्मा घिमिरे पनि नेपाल म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । नेपाली चलचित्र जगतका अभिनेता असीफ शाहसँग “इस्टा को फोटो” बोलको गीतमा अभिनय गरेकी छिन् ।

प्रियंका सिंह ठकुरी पनि टिक(टकले नै नायिका बनेकी छिन् । टिक(टकमा गरेको अभिनय हेरेरै निर्देशक सुवास कोइरालाले उनलाई फिल्म क्षेत्रमा प्रवेश गराएका हुन् । प्रियंकाले नेपाली चलचित्र ‘गरुड पुराण’ अभिनय गर्ने मैका पाएकी छिन् ।

बेफाइदा के ?

हरेक कुराको फाइदा मात्रै हुदैन बेफाइदा पनि हुन्छ । टिक-टकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।

गोपनीयताको कुरा गर्ने हो भने टिककट निकै असुरक्षित र खतरनाक छ । टिक(टकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ । यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले टिक(टकमा सानो उमेरका बालबालीका तथा किशोर किशोरीहरुलाई गुमराहमा राख्ने खतरा हुन्छ ।

टिक(टक अकाउन्ट विभिन्न खाले अश्लील सामाग्रीहरुले भरिएको छ । यसमा कुनै फिल्टर छैन । विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।

बीबीसीका अनुसर सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिक(टकमाथि प्रतिबन्ध लगाइएको थियो । किशोर किशोरीहरुले अश्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिक(टकको अत्यधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको थियो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिक(टकमाथिको प्रतिबन्ध हटाइएको थियो ।

कुनैपनि एप डाउनलोड गर्दा हामी निकै गम्भीर हुनुपर्ने हुन्छ । आफ्नो स्मार्टफोनको फोटो ग्यालरी, लोकेसन तथा फोन नम्बरहरु सबैमा एपलाई एक्सेस दिन्छौँ । त्यसपछि हाम्रो डाटा कहाँ गैरहेको छ रु कसले केमा प्रयोग गरिरहेको छ रु हामीलाई केही थाहा हुँदैन ।

धेरैजसो एपहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा काम गर्दछन् । यस्तोमा यदि तपाइँले त्यस्ता एपलाई एकपटक मात्र प्रयोग गर्नुभयो भनेपनि ती एपले तपाइँसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइसक्दछ । त्यसैले टिक(टक जस्ता एपहरुको प्रयोग गर्दा निकै होसियार हुनुपर्दछ ।