ओखलढुंगाका संघीय सांसद माननीय यज्ञराज सुनुवारको नेतृत्वमा शिरिसे पुल निर्माण कार्यको निरीक्षण

देवी प्रसाद खनाल । प्रकाशित मिति : सोमवार, माघ ७, २०७५

ओखलढुंगा/ ओखलढुंगाको पश्चिम भेगका लागि लाइफ लाइनको रुपमा रहेको शिरिसे पुल निर्माण कार्य करीब एक दशकदेखि अलपत्र परेको थियो । ओखलढुंगाका संघीय सांसद माननीय यज्ञराज सुनुवारको नेतृत्वमा उक्त पुलको कामलाई गति दिनका लागि निरीक्षण कार्य सम्पन्न भएको छ । निरीक्षणका क्रममा ओखलढुंगाका संघीय संसद माननीय यज्ञराज सुनुवार, ओखलढुंगा नेकपाका नेता बाबुराम गौतम (आकाश), ओखलढुंगा नेकपाका नेता नेत्रप्रसाद भट्टराई लगायतको उपस्थिति थियो ।

यस क्रममा पुल निर्माणको लागि निर्माण सामाग्री अन्तर्गत एक ट्रक ट्रष्टका सामान उपलब्ध भएको देखिएको छ । दशौं वर्ष वितिसक्दा पनि पुल निर्माणको काम बीचमै अलपत्र भएकोमा ठेकेदार कम्पनीप्रति माननीय ज्यू लगायत उपस्थिति नेताहरुले रोस प्रकट गर्नुभयो । यदि छिटोभन्दा छिटो कार्य सुचारु गरी तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन दिइएको छ । यदि समयमा नै काम सम्पन्न नगरेमा ठेकेदार कम्पनीलाई कार्बाहीको दायरामा ल्याउने माग समेत गरेको ओखलढुंगा नेकपाका नेता बाबुराम गौतमले जानकारी दिए । यदि समयमा काम सम्पन्न नभएमा जनताले विरोधको कार्य गर्ने समेत चेतावनी दिए ।