बन्दको अवज्ञा गरेको भन्दै, नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले दुई ट्रकमा आगजनी

प्रकाशित मिति : शनिबार, माघ ५, २०७५

सुर्खेत: बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा दुई वटा ट्रकमा आगजनी गरेको छ।

बन्दको अवज्ञा गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले शनिबार विहान रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका–२ सत्तरीमा भे६ख ७२१३ र बराहताल गाउँपालिकाको बड्डीचौरमा ना ६ ख १७३२ नम्वरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पुस २२ गते वीरेन्द्रनगरका नेकपा भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्वयू क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई पक्राउ गरेको थियो। पक्राउ परेका कार्यकर्ताहरूलाई नि शर्त रिहाईको माग गर्दै नेकपाले शनिबार सुर्खेत बन्दको आव्हान गरेको हो।