मन्त्रीले कुटेपछि पत्रकारसँग यसरी रोए सचिव, आखिर के भएको थियो ? हेर्नुहोस् भिडियो

प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५

काठमाडौं/ आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् ।

मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाले पत्रकारमाझ धुरुधुरु रुदै भने सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्री यादबले झापड हानेको बताइएको छ ।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् । कार्यकक्षमा दुव्र्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए ।

क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएकोमा ४० वटा संस्था छनोट भएका थियो ।

मन्त्री यादवले सिफारिस गरेको एनजीओको नाम खुलाइएको छैन । सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका थिए ।

हेर्नुहोस् भिडियो: